ब्युनस आयर्समा शुक्रबार एउटा यात्रीवाहक रेल मर्मतसम्भार गर्ने रेलसँग ठोक्किँदा घाइते भएका करिब ६० जनालाई अर्जेन्टिनाको राजधानीको अस्पतालमा पठाइएको अधिकारीहरूले बताएका छन् ।
घाइतेमध्ये टाउकोमा चोट लागेका दुईजनाको अवस्था गम्भीर छ । दुर्घटना स्थानीय समयानुसार बिहान १०ः३० बजे पालेर्मोको उपनगरमा भएको थियो ।
सात डिब्बा भएको यात्रीवाहक रेल एक रेलवे पुलको ट्याकमा मर्मत गर्ने ट्रेनसँग ठोक्किएको थियो ।
रेलवे कम्पनीले एक विज्ञप्तिमार्फत लोकोमोटिभ र पहिलो यात्रीवाहक डिब्बा पटरी (लिक)बाट खसेको जानकारी गराएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ