सूचनाको शक्ति - The Power Of Information

        

आईपीएल : आज कोलकाता र मुम्बई भिड्ने

इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज कोलकाता नाइट राइडर्स र मुम्बई इण्डियन्सबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल कोलकातास्थित इडेन गार्डेनमा नेपाली समयअनुसार राति पौने ८ बजे सुरु हुनेछ ।

जारी आईपीएलमा कोलकाताले शानदार प्रदर्शन गरिरहेको छ । अहिलेसम्म ११ खेलमा ८ मा जित र ३ मा हारसहित १६ अंक हासिल गरेर शीर्ष स्थानमा रहेको छ ।

यस्तै, मुम्बई इण्डियन्स भने यस सिजनमा प्लेअफको दौडबाट बाहिरिएको छ । मुम्बईले अहिलेसम्म १२ खेलमा केवल ४ खेल जितेको छ भने ८ खेलमा हार बेहोरेको छ ।

कोलकाता श्रेयस अय्यरको कप्तानीमा आईपीएल खेलिरहेको छ भने मुम्बई इण्डियन्स हार्दिक पाण्डेयको कप्तानीमा खेलिरहेको छ ।

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार ०९:१८

लोकप्रिय