सूचनाको शक्ति - The Power Of Information

        

आईपीएलमा चेन्नईमाथि गुजरातको सहज जीत

इण्डियन प्रिमियर लिग (आईपीएल) मा गुजरात टाइटन्सले चेन्नई सुपर किंग्समाथि सहजरूपमा जीत निकालेको छ। नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा शुक्रबार राति भएको खेलमा गुजरात ३५ रनले विजयी बनेको हो।

२३२ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रेको चेन्नईले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १९६ रन मात्र बनाउन सक्यो। लक्ष्य पछ्याउने क्रममा चेन्नईले निकै खराब सुरुवात गरेको थियो।

गुजरातका लागि गिलले ५५ बलमा ९ चौका र ६ छक्का सहित १०४ रन बनाए। सुदर्शनले ५१ बलमा ५ चौका र ७ छक्का सहित १०३ रन जोडे।

चेन्नईले ८ विकेटको क्षतिमा १९६ रन मात्र बनाउन सक्यो । चेन्नईका लागि ड्यारील मिचेलले सर्वाधिक ६३ रन बनाउँदा मोइन अलिले ५६ रन जोडे ।

प्लेअफमा सजिलै पुग्ने चेन्नईको सपनामा यो हारले धक्का लागेको छ। १२ खेलपछि चेन्नई १२ अंकसहित चौथो स्थानमा छ। गुजरात १२ खेलबाट १० अंकसहित आठौँ स्थानमा छ।

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार ०८:२२

लोकप्रिय