सूचनाको शक्ति - The Power Of Information

        

सगरमाथा आरोहण

ऋतुकै पहिलो सगरमाथा आरोहण सफल, १० जना पुगे चुचुरोमा

सर्वोच्च अदालतले अबदेखि आरोहणका लागि सीमा तोक्न परमादेश दिएको छ ।

यस वर्षको वसन्त ऋतुको पहिलो सगरमाथा आरोहण सफल भएको छ । नेपालतर्फबाट १० जना सेर्पाहरूको समूहले शुक्रबार राति ८ बजेर १५ मिनेटमा सर्वोच्च शिखरमा सफल आरोहण गरेको हो ।

उक्त समूहले डोरी टाँग्ने काम पनि सफलतापूर्वक सम्पन्न गरेको सेभेन समिट ट्रेकले जनाएको छ । आरोहण दलमा डेन्डी सेर्पा (दल नेता), तेन्जिङ ग्याल्जे सेर्पा, नाम्गेल दोर्जी सेर्पा, सुकबहादुर तामाङ, दावा रिन्जे सेर्पा, दावा सेर्पा, रिन्जी सेर्पा, पेम्बा तासी सेर्पा, पाम दोर्जे सेर्पा र लाक्पा सेर्पा छन् ।

हिउँमाथि डोरी टाँग्ने र भर्याङ बनाउने काम सम्पन्न भएकाले अब अन्य स्वदेशी तथा विदेशी आरोहीका लागि सगरमाथा आरोहण खुला भएको पर्यटन विभागको अस्थायी फिल्ड कार्यालय प्रमुख खिमलाल गौतमले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

यस ऋतुमा सगरमाथा आरोहणका लागि ४१ वटा आरोहण दलका ४१४ आरोहीले समगरमाथा आरोहणका लागि अनुमति लिएका छन् । सर्वोच्च अदालतले अबदेखि आरोहणका लागि सीमा तोक्न परमादेश दिएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार ०६:२४

लोकप्रिय