सूचनाको शक्ति - The Power Of Information

        

आज साँझदेखि कैलालीका सीमानाका बन्द

भारतसँग सीमा जोडिएका कैलालीका सीमानाका आज साँझदेखि बन्द हुने भएका छन् । भारतमा हुन लागेको लोकसभा सदस्यको निर्वाचनका लागि जिल्लास्थित सबै सीमानाका बन्द हुने भएका हुन् ।

भारतको उत्तर प्रदेशस्थित खिरी जिल्लामा हुन लागेको लोकसभा सामान्य निर्वाचनलाई मध्यनजर गर्दै सीमानाका बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

‘यही वैशाख ३१ गते खिरीमा लोकसभा सामान्य निर्वाचन हुँदैछ, मतदान समाप्त नहुँदासम्म नेपाल–भारत अन्तर्राष्ट्रिय सीमा नाका बन्द रहने भनी भारतीय पक्षबाट पत्राचार भएको छ,’ सूचना अधिकारी जोशीले भने ।

उनका अनुसार उक्त निर्वाचनलाई मध्यनजर गर्दै आज (शुक्रबार) साँझ ६ बजेदेखि वैशाख ३१ गते मतदान सम्पन्न नहुन्जेलसम्म सीमानाका बन्द हुने छन् । सुरक्षा संवेदशीलताका कारण सो अवधिमा आवतजावत पूर्णरुपमा बन्द रहने उनले जानकारी दिए ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार १६:१२

लोकप्रिय