२०८३ भदौ २ , मंगलबार 18, August 2026, Tuesday

बाँके घटना : घाइते भएका सुशीलको भेरी अस्पतालमा उपचार हुँदै

सत्यपाटीसत्यपाटी । बाँके । २०८१ वैशाख २७ गते बिहीबार

बाँकेको कोहलपुरमा प्रहरीले प्रहार गरेको गोली लागेर घाइते भएका २६ वर्षीय सुशील परियारको भेरी अस्पतालमा उपचार भइरहेको छ ।

उनको बायाँ खुट्टामा गोली लागेको बाँकेका एसपी तुल बहादुर कार्कीले  बताए । परियार कोहलपुर नगरपालिका–१२ चप्पलगौँडाका स्थानीय हुन् ।

परियार सहितको समूहले नेपाल भारत सिमानामा बसेर लागु औषध कारोबार गर्ने गरेको सुराकको आधारमा लागु औषध नियन्त्रण ब्युरोका इन्स्पेक्टर रुपेश विष्ट र सई बालकृष्ण सन्जेल नेतृत्वको टोलीले उनीहरूलाई पछ्याइरहेका थिए ।

कोहलपुरका पिप्रहवामा प्रहरीलाई देखेर भाग्न खोजेपछि गोली प्रहार गरेर नियन्त्रणमा लिइएको एसपी कार्कीले जानकारी दिए । प्रहरीले उनीसँगै रहेका २७ वर्षीय प्रमोद कार्कीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

परियारलाई १ गोली लागेको छ । उनको भेरी अस्पतालमा उपचार भइरहेको एसपी कार्कीले बताए । उनीहरूको साथबाट ११० ग्राम ब्राउन सुगर समेत बरामद भएको छ ।

प्रकाशित मिति : २०८१ वैशाख २७ गते बिहीबार