सेभेन सीज इन्टरटेन्मेन्टको निर्माणमा बन्न लागेको पहिलो फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा अभिनेता मुकुन भुसाल अनुबन्धित भएका छन् ।
निर्माणपक्षले मुकुनसँग केही दिनअघि मात्रै लिखित सम्झौता गरेको हो ।सरोज पौडेलको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्मको आगामी जेठ दोस्रो साताबाट छायांकन सुरु हुँदैछ ।
फिल्मलाई आगामी वर्ष (२०८२)मा प्रदर्शनको लक्ष्य राखिएको छ । फिल्ममा विनोद पौडेल र प्याट्रिक सुवेदी निर्मातामा छन् भने रमेश चौलागाईं र हरि श्रेष्ठ कार्यकारी निर्माता हुन् ।
महेश दवाडीको पटकथा तथा संवाद लेखन रहेको फिल्ममा प्रशान्त सिवाकोटीको संगीत रहनेछ ।यस अघी फिल्मको मुख्य भूमिकामा गायक तथा अभिनेता प्रकाश सपूत अनुबन्ध भएका थिय ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ