सूचनाको शक्ति - The Power Of Information

        

कोसीमा सरकार गठनविरुद्ध सर्वोच्चमा रिट दायर

कोसी प्रदेशमा एमालेका हिक्मत कार्की नेतृत्वको नयाँ सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

निवर्तमान मुख्यमन्त्री केदार कार्कीले बिहीबार रिट दायर गरेका छन् । रिट निवेदनमा अन्तरिम आदेशमार्फत् प्रदेश प्रमुखको  आह्वानलाई बदर गर्न माग गरिएको छ । कार्कीले आफूलाई मुख्यमन्त्रीमा निरन्तरता दिन माग गरेका छन् ।

साे रिटकाे शुक्रबार पेसी ताेकिएकाे छ ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहीबार १६:२८

लोकप्रिय