सप्तरीमा नेपाल बैंक लिमिटेडका सुरक्षा गार्डको हत्या भएको छ । सप्तकोशी नगरपालिका १ फत्तेपुरस्थित शाखामा कार्यरत सुरक्षागार्डको बिहीबार बिहान करिब सवा ६ बजेतिर शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी ढुण्डिराज न्यौपानेले बताए ।
फत्तेपुर २ का ५५ वर्षीय परशुराम फुँयालको खुकुरी प्रहारबाट हत्या भएको डीएसपी न्यौपानेले बताए । घटनाबारे थाहा पाएपछि अहिले अनुसन्धानका लागि त्यहाँ पुगेको न्यौपानेले बताए । सुरक्षा गार्ड फुयाँल राति ड्युटीमा थिए। हत्या कसले र किन गरयो भन्ने खुलिसकेको छैन । थप अनुसन्धान गरिरहेको सप्तरी प्रहरीले जनाएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । सप्तरी