नेपालगन्ज १ धम्बोझी माविकी पूर्व प्रधानाध्यापक किरण आचार्यलाई ‘शब्दयात्रा अङ्गुरबाबा जोशी शिक्षक सम्मान’ प्रदान गरिने भएको छ । शब्दयात्रा प्रकाशनले २०८१ सालको शिक्षक सम्मान आचार्यलाई प्रदान गर्ने भएको हो ।
विद्यार्थीहरूको मनोवृत्ति बुझेर त्यसै अनुरूपको शिक्षण शैली अवलम्बन गर्न, पढाइमा कमजोर विद्यार्थीहरूलाई प्रोत्साहन दिई मानसिक रूपमा सबल बनाउन र विद्यार्थीहरूलाई सुसंस्कृति र सभ्यता सिकाउन आचार्यले गरेको योगदानका लागि उनलाई सम्मान गर्ने निर्णय गरिएको प्रकाशनले जनाएको छ ।
सम्मानका लागि शिक्षासेवी तथा कवयित्री निर्मलाकुमारी यगोल श्रेष्ठले कोष व्यवस्थापन गरेका हुन् । जेठको अन्तिम साता प्रदान गरिने सो सम्मानका लागि व्यक्तित्व चयन समितिको बैठकले निर्णय गरेको कोषले जनाएको छ । लामो समयसम्म अध्यापन गरी हाल निवृत्त आचार्य बाँकेमा शैक्षिक सुधारका लागि उदाहरणीय व्यक्तित्वका रुपमा परिचित छन् ।
आफूले अध्यापन गरेको शिक्षण संस्थाका विद्यार्थीहरूलाई शिक्षण सामग्रीबाट सुसज्जित गराउन, आफ्नो विषयमा गुणस्तरीय शिक्षा दिन आचार्यले खेलेको भूमिका सराहनीय छ । सम्मान व्यक्तित्व छनोट समितिले ‘विद्यार्थीहरूको मनोवृत्ति बुझेर त्यसै अनुरूपको शिक्षण शैली अवलम्बन गर्न, पढाइमा कमजोर विद्यार्थीहरूलाई प्रोत्साहन दिई मानसिक रूपमा सबल बनाउन र विद्यार्थीहरूलाई सुसंस्कृति र सभ्यता सिकाउन आचार्यले गरेको योगदानका लागि उनलाई सम्मान समर्पण गर्ने निर्णय गरिएको’ जनाएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके