जब एकान्तमा उभिएर
म आफ्नै धड्कन सुन्थेँ
त्यहाँ मन, मस्तिष्क र आँखा
एकै पटक जुटेर तिम्रो नाम
पुकारी रहेका हुन्थे ।
आँसु भएर पोखिएका याद
आफ्नै हातको टेको लगाएर
जमिनमा खस्न नदिएको पल
अब यो मस्तिष्कमा,
अवसानपछिको जीवन बाँचिरहेछ ।
पर्खाइमा बाँचेको मान्छे
भगवान पुकार्दै
मुटुभन्दा पनि प्यारो सम्झना लिएर
आँखाले बाटो खन्छ
हेर्दाहेर्दै तिनै आँखा थाक्ने रहेछन् ।
मनले भन्ने रहेछ
मस्तिष्कमा बाँचेको चित्र
अब स्वयम् भगवान भए पनि झुक्ने छैन
सायद, समय गुज्रिएको सामानझैँ
तिम्रा यादहरू
बेकामे भैदिए
फेरि एक पटक मेरा
मन, मस्तिष्क र आँखा जुटेर
तिमी र तिम्रा यादहरूको
तिलाञ्जली चाढाई सक्यो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
जुनु घिमिरे । धनकुटा