२०८३ वैशाख १७ , बिहीबार 1, May 2026, Friday

आज आधा दिन सार्वजनिक बिदा

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० फागुन २७ गते आइतबार

पोखरा महानगरपालिका अन्तर्गतका सबै कार्यालय आज दिउँसो १ बजेपछि बन्द हुने भएका छन् । महानगर स्थापना दिवस मनाउनका लागि कार्यालयमा आधा दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।

पोखरा महानगर स्थापना भएको ७ वर्ष पुगेको छ । प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले सूचना जारी गरी १ बजेपछि महानगर सहित महाशाखा र वडा कार्यालयहरूमा बिदा दिइएको बताए ।

स्थापना दिवसको अवसर पारेर पोखराले पोखरा भवन र खुइखेत खोला पुलको शिलान्यास गर्न लागेको छ । महागरले पोखराको चिनारी बढाउनका लागि पृथ्वीचोकमा पोखरा घर बनाउन लागेको हो ।

प्रकाशित मिति : २०८० फागुन २७ गते आइतबार