नरैनापुरमा पाँचौ अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । नरैनापुरमा एक कार्यक्रमका बीच बुधवार प्रतियोगिताको उद्घाटन गरिएको छ ।
नरैनापुर गाउँपालिकाका उपाध्यक्ष जयन्तीदेबी श्रीवास्तवको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले गरे । नरैनापुर गाउँपालिका स्तरीय अन्तर विद्यालय पाँचौ अध्यक्ष कप तथा राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता नरैनापुर ५ मा रहेको रंगशालामा तीन दिनसम्म चल्नेछ । प्रतियोगितामा भलिबल, कबड्डी लगायका खेल सञ्चालन हुनेछन् ।
उद्घाटन कार्यक्रममा नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खरालले खेलकुदले मानिसलाई अनुशासनमा राख्ने र भविष्यका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी विद्यालय तहबाटै उत्पादन हुने भएकाले पालिकाले खेलकुदलाई प्राथमिकता दिएको बताए । उपाध्यक्ष श्रीवास्तवले ग्रामीण खेलकुदको विकास गर्ने उद्देश्यले गाउँपालिकामा खेलको आयोजना गरिएको बताइन् ।
कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष इशाक जोलाह, २ का अध्यक्ष मसूद अहमद शाह, ३ का अध्यक्ष अजय मिश्रा, ४ का अध्यक्ष मनोज शर्मा, ६ का अध्यक्ष प्रेमप्रसाद मौर्य, शिक्षा शाखा प्रमुख कृष्ण चौधरी र जिन्सी शाखा प्रमुख भरत महतो लगायतको उपस्थिति रहेको शिक्षक सज्जाक खानले जानकारी दिए । त्यस अवसरमा विद्यार्थीहरुले गाउँपालिका उपाध्यक्ष श्रीवस्तवलाई मार्च पास गर्दै सलामी अर्पण गरेका थिए ।
खेलको प्रमुख प्रशिक्षक नेपाल एथ्लेटिक्स संघका निवर्तमान प्रमुख प्रशिक्षक चन्द्र गुरुङ र जनक केसी रहेको नरैनापुर गाउँपालिकाले जनाएको छ । तीन दिनसम्म चल्ने खेलमा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, विद्यालयका प्रधानाध्याकहरु, बिद्यार्थीहरुको सहभागिता रहेको छ । प्रतियोगितामा नरैनापुरका १० वटा विद्यालयहरूको सहभागिता रहेको नरैनापुर गाउँपालिकाले जनाएको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके