ओजपूर्ण हुन्छन् तिम्रा ब्यवहारहरू,
जीवनभर यसै रहिरहनु,
अद्भूत लाग्छन् तिम्रा रहरहरू,
परिवर्तन कहिल्यै नभैदिनु,
अलौकिक देखिन्छन् तिम्रा सपनाहरू,
वास्तविकतामा परिणत गरिरहनु,
अगाध छन् तिमीमा सम्भावनाहरू,
मूर्तता दिन पछि नपर्नु ।
जब–जब दोसाधमा आफूलाई पाउँछ्यौं,
स्मरण पितृ र परमेश्वरको गर्नु,
जब–जब बैचारिक द्वन्द्वबीच रूमलिन्छ्यौं,
अन्तरमनको अन्तिम आवाज सुन्नु,
जब–जब न्याय र अन्यायको दोबाटोमा अलमलिन्छ्यौं,
नैतिकता र सदाचारको साथ दिनु,
जब–जब अविश्वासको धूवाँबीच रूमलिन्छ्यौं,
विश्वास कर्ममा र आफूमा गर्नु ।
स्वीकार्नु स्वनिर्णयलाई सधैं,
गलत प्रमाणित हुन कतै नदिनु,
स्वाभिमानलाई नझुकाउनु कहिल्यै,
स्वाभिमानी बन्न अभिप्रेरित गर्नु,
स्वतन्त्रताको वास्तविक अर्थ बुझ्नु,
सहि सदुपयोगको उदाहरण बन्नु,
स्वजनलाई सदा प्राथमिकतामा राख्नु,
कदरमा पनि कहिल्यै नचुक्नु ।
मेरो बिस्वास,आसा र भरोसाको केन्द्र,
मेरो घमण्ड, स्वाभिमान र गर्वको मुहान,
मेरो जीवन, खुशी र हाँसोको कारक मेरी ‘माया’
मेरी ‘छोरी’लाई जन्म दिवसको अपार शुभकामना ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
कमला डिसी । काठमाडौं