क्रिकेटर सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान)सँग रोकिएको भुक्तानी फुकुवा गरिदिन आग्रह गरेका छन् । लामिछानेले आफू आर्थिक संकटमा परेको भन्दै क्यानसँग आफूले पाउनु पर्ने भुक्तानी फुकुवा गरिदिन आग्रह गरेका हुन् ।
जिल्ला अदालत काठमाडौँबाट बलात्कार मुद्दामा आठ वर्षको कैद सजायको फैसला भएपछि लामिछानेले क्यानलाई एक पत्र पठाएका छन् । सो पत्रमार्फत उनले राष्ट्रिय टीमबाट अलग भएको घोषणा समेत गरेका छन् ।
लामिछानेले जिल्ला अदालतको फैसलाविरुद्ध आफू पुनरावेदन दिन माथिल्लो अदालतमा जान लागेको बारे पनि क्यानलाई जानकारी गराएको बताइएको छ । पत्रमार्फत लामिछानेले निर्दोष भएको खण्डमा पुनः क्रिकेटमा फर्किने बाचा समेत गरेका छन् ।
क्यानलाई लेखेको पत्रमा क्रिकेटर लामिछानेले भनेका छन्, ‘अदालतबाट निर्दोष प्रमाणित नहुञ्जेलसम्म क्यानले राष्ट्रिय क्रिकेट टिमबाट म अलग्एिको छु । म आशा गर्दछु कि क्यानले यो निर्णयलाई सहज रुपमा लिनेछ ।’
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं