नेपाल आयल निगमले हालका लागि पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्ने निर्णय गरेको छ । निगम सञ्चालक समितिको निर्णय अनुसार पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन तथा एलपी ग्यासको खुद्रा बिक्री मूल्य यथावत् राखिएको हो ।
इन्डियन आयल कर्पोरेशनबाट आइतबार प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलको मूल्यमा प्रति लिटर रु. ०.४१ ले वृद्धि भई आएको र डिजेलको मूल्यमा प्रति लिटर रु. ०.१२ ले घटेर आएको छ । त्यस्तै एल. पी. ग्यासको मूल्यमा प्रति सिलिन्डर रु. ०.२० ले घटेर आएको छ ।
निगमलाई हाल एलपी ग्यासमा प्रति सिलिन्डर रु. ३००.४१ नोक्सानी रहेको छ । पेट्रोलियम पदार्थको हकमा निगमको डिपो तथा कार्यालयदेखि १५ किलोमिटर तथा एल.पी. ग्यासको हकमा उद्योगदेखि ५० किलोमिटरसम्मका लागि खुद्रा बिक्री मूल्य यथावत् रहेको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं