२०८२ फागुन २६ , मंगलबार 11, March 2026, Wednesday

भारतमा घट्यो डिजेल, बढ्यो पेट्रोल, नेपालमा मूल्य यथावत

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८० पुस १५ गते आइतबार

नेपाल आयल निगमले हालका लागि पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्ने निर्णय गरेको छ । निगम सञ्चालक समितिको निर्णय अनुसार पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन तथा एलपी ग्यासको खुद्रा बिक्री मूल्य यथावत् राखिएको हो ।

इन्डियन आयल कर्पोरेशनबाट आइतबार प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलको मूल्यमा प्रति लिटर रु. ०.४१ ले वृद्धि भई आएको र डिजेलको मूल्यमा प्रति लिटर रु. ०.१२ ले घटेर आएको छ । त्यस्तै एल. पी. ग्यासको मूल्यमा प्रति सिलिन्डर रु. ०.२० ले घटेर आएको छ ।

निगमलाई हाल एलपी ग्यासमा प्रति सिलिन्डर रु. ३००.४१ नोक्सानी रहेको छ । पेट्रोलियम पदार्थको हकमा निगमको डिपो तथा कार्यालयदेखि १५ किलोमिटर तथा एल.पी. ग्यासको हकमा उद्योगदेखि ५० किलोमिटरसम्मका लागि खुद्रा बिक्री मूल्य यथावत् रहेको छ ।

प्रकाशित मिति : २०८० पुस १५ गते आइतबार