विदेश शब्दमा इक प्रत्यय लागेर वैदेशिक शब्द बन्छ । रोजगारी भनेको आम्दानीका लागि गरिने काम वा पेसा हो । अर्थात् आम्दानीका लागि विदेशमा गएर गरिने कामलाई वैदेशिक रोजगारी भनिन्छ । विश्वव्यापीकरणको अवधारणाको विकाससँगै यसको पनि अवधारणा विकास भएको हो । आजभोलि वैदेशिक रोजगारीको हावा संसारभरि चलेको छ । विकासोन्मुख मुलुकमा उद्योगधन्दाको विकास पर्याप्त नहुँदा बेरोजगारी भएका कारण प्रायःजसो नागरिक आम्दानीका लागि वैदेशिक रोजगारीमा आबद्ध हुने गरेको पाइन्छ ।
त्यसैले यसको सबैभन्दा बढी प्रभाव विकासोन्मुख मुलुकमा परेको छ । कोरोना महामारीका कारण धेरै उद्योगधन्दा एवम् कलकारखाना बन्द भएपछि बेरोजगारी बढेको छ । जसले गर्दा आम सर्वसाधारण स्वदेश छोडेर वैदेशिक रोजगारीमा जान बाध्य भएका छन् । आजभोलि यसको प्रभाव नेपालजस्तो विकासोन्मुख देशमा यति गाढा भएको छ कि हरेक घरपरिवारबाट कमसेकम एकजना वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगारीमा आजभोलि महिला पनि सलंग्न हुने क्रम बढेको छ ।
नेपालीहरु मुख्यता खाडी मुलुक, मलेसिया, युरोप र अस्ट्रेलिया जाने गरेका छन् । एक तथ्यांकअनुसार दैनिक करिब दुई हजार नेपाली रोजगारीका निमित्त नेपालबाट बाहिर जाने गरेका छन् । युवा वर्गहरु मुख्यतया वैदेशिक रोजगारीमा जाने गरेको पाइन्छ । यसको प्रभाव प्रत्यक्ष रुपमा मुलुकलाई परिरहेको अवस्था छ । गाउँघरतिर यसको प्रभावले गर्दा वृद्धवृद्धा, बालबालिका र बाँझो जमिन मात्र देखिन थालेको छ । गाँउघर पहिलेजस्तो हरियाली र रमाइलो छैन् । पछिल्लो समय वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घट्न सकेको छैन ।
नेपालजस्तो प्राकृतिकले भरिपूर्ण मुलुक हो, यहाँ पर्याप्त स्रोतसाधन छ । तर, उद्योगधन्दाको पर्याप्त विकास नहुँदा आम सर्वसाधारण बेरोजगारको समस्याले ग्रसित छन् । आफ्नो घरपरिवारको आवश्यकता पूर्ति गर्न पनि विदेश गइरहेका छन् । सर्वप्रथम् यसले हाम्रो मुलुकको बेरोजगारी समस्यालाई कम गर्न मद्दत गरेको छ । बेरोेजगारीले गर्दा निम्तिने गरिबी पनि यसले गर्दा घटेको छ । मानिसहरुको जीवनस्तर उकास्न सहयोग पुर्याएको छ । वैदेशिक रोजगारीमा आबद्ध व्यक्तिले पठाएको रेमिट्यान्सले उसको परिवारको जीवन धानिएको छ ।
देशको अर्थतन्त्रमा वैदेशिक रोजगारीले निकै टेवा पुर्याएको छ । विदेशी मुद्रा सञ्चितिमा पनि सहयोग पुगेको छ । वैदेशिक रोजगारीमा सलंग्न व्यक्तिहरुले विभिन्न सिप सिकेका हुन्छन् । ती सीप आफ्नो देशमा ल्याएर स्वरोजगार भई वा विभिन्न उद्योगधन्दा सञ्चालन गरेमा अरुले पनि रोजगारी पाँउछन् । वैदेशिक रोजगारीमा जाँदा विश्वको विविध किसिमका सस्ंकृति, चालचलन, भूगोल, भाषा र वेषभुषा इत्यादिको बारेमा जानकारी लिन सकिन्छ । तर, यसबाट सीप, आधुनिकता एवम् राम्रा कुराहरुको मात्र सञ्चार भने हुँदैन ।
मानिसहरु एक मुलुकबाट अर्को मुलुकमा सञ्चार गर्दा विभिन्न किसिमका रोग ,महामारी पनि आफुसँगै ल्याइरहेका हुन्छन् । उदाहरणका लागि कोभिड १९ को समयमा चीन र अन्य देशहरुबाट फर्किएका मानिसहरुबाट अन्य व्यक्तिहरुमा उक्त भाइरस सरेको थियो । हामीलाई थाहै छ कि विकास निर्माणकार्यमा युवावर्गको आवश्यकता हुन्छ । जसरी जगबिना घर सम्भब छैन, त्यसरी नै युवावर्गबिना विकास सम्भब हँुदेन । हाम्रो मुलुकको अहिलेको प्रमुख समस्या पनि यही हो । दक्ष जनशक्ति सबै विदेशिएका छन् ।
गाँउघरमा विकासको लागि युवायुवतीहरु देखिनुको साटो वृद्धवृद्धा र बालबालिकाहरु मात्र देखिन्छन् । भएको उर्वरभुमि पनि बाँभैm हुन्छ । मुलुकमा खाद्यान्नको अभाव हुँदै गएको छ भने आयातका कारणले व्यापार घाटा बढेको छ । वैदेशिक रोजगारीले क्षणिकको बेरोजगारीको समस्या समाधान गरेपनि यसले निम्त्यिाउने असरहरु धेरै छैन् । यसले हामीलाई परनिर्भर बनाएको छ । वैदेशिक रोजगारीमा जादैँमा टन्न पैसा कमाइन्छ भन्ने सोच हामीकहाँ छ । जुन गलत हो । सरकारले रोजगारीको व्यवस्था मिलाउने हो र विदेशमा जानेहरुले यही मेहिनेत गर्ने हो भने नेपाल विकासमा निकै अघि जान सक्छ ।
अहिले देशको शासन प्रणालीमा युवावर्गको सहाभागिता निकै आवश्यक छ । तर, अहिलेको शासन प्रणालीमा केबल बुढापाकामात्र छन् । विदेशिएका कतिपय मानिसहरु त्यही अड्डा जमाएर बस्छन् र आफ्ना आमाबुबालाई वृद्धाआश्रममा छोडेर जान्छन् । आमा वा बुबा विदेशिएको कतिपय अवस्थामा यहाँ रहेका तीनका सन्तति गलत लतमा परेको, पतिपत्नीबिच सम्बन्ध बिग्रेकोजस्ता घटनाहरु घटेको समाचार सुन्नमा आँउछ । तर जे भए पनि हामी वैदेशिक रोजगारीमा जान बाध्य छौँ ।
आफ्नो र आफ्नो परिवारको पेट भर्न भए पनि युवा वर्ग यसमा सलंग्न हुनुपर्ने बाध्यता आजको समाजमा देखापरेको छ । यसमा खासै उनीहरुको गल्ती छैन । सरकारले नै उनीहरुलाई यसमा जान बाध्य बनाएको छ । फेरि कसलाई आफ्नो परिवार, देश र सस्ँकृतिबाट टाढिएर पराईहरुको ठाँउमा गएर पसिना बगाउन मन लाग्छ र । सरकारले आफ्नो देशको नागरिकहरुलाई रोजगारी प्रदान गर्न नसक्दा देशमा यो परिस्थिति देखापरेको हो । सरकारले जनताहरुलाई सीपमुलक तालिम प्रदान गर्ने, उद्योगधन्दाका परिचालन गर्ने एवम् स्वरोजगारका लागि सस्तो ब्याजमा ऋण उपलब्ध गराउने हो भने यो समस्या पनि विस्तारै कम हुँदै जान्छ ।
साथै, देश पनि प्रगतितर्फ अघि बढ्दछ । सरकारले यति कामहरु गर्न नसकेपनि यहाँबाट वैदेशिक रोजगारीमा जाने मानिसहरुलाई आवश्यक पर्ने सीप, ज्ञान, सुरक्षाका उपायहरु आदि कुराहरुबारे तिनीहरुलाई अवगत गराएमा उनीहरुलाई निकै राहत मिल्छ । आजको समयमा, युवावर्गहरुको प्रमुख समस्याका रुपमा यसलाई नै चिनिन्छ । घरपरिवारको आर्थिक अवस्था कमजोर हुन्छ । देशमा आफुले भनेको जस्तो गतिलो काम पाइँदैन । महँगीले दिनानदिनु नयाँ रेकर्ड कायम गर्दै हुन्छ ।
यही समस्या लिएर १२ कक्षा उत्र्तीण गर्ने बित्तिकै बिनासीप, बिना नयाँ ठाउँको उनीहरु नेपालबाट बाहिर भासिन्छन् । उनीहरुको मनस्थिति र मानसिकता नै यस्तो भई सक्यो । भर्खरै १८–१९ वर्षका किशोरकिशोरी, न हातमा सीप छ, न नयाँ ठाउँको ज्ञान छ । सर्वप्रथम त, म्यानपावर एवम् विदेश पठाउने एजेन्सीबाट ठगिने सम्भावना । हामीले दैनिक रुपमा सुन्न र पढ्न सक्छौँ, व्यक्ति वा एजेन्सीहरुले विदेशमा काम लगाइदिने बहानामा पैसा असुल्छन् तर काम गर्नलाई भने पठाइदिदैनन् । विदेश पठाइदिए पनि भनेको जस्तो काम हुँदैन, कतिलाई त विदेश लग्ने बहानामा बेचिदन्छन् ।
झन्, आजभोलि महिलाहरु पनि वैदेशिक रोजगारीमा सलंग्न हुने दर बढेको छ । मुख्यतया नेपालीहरु कामको खोजीमा खाडी मुलुक र मलेसियातिर जान्छन् । उनीहरुलाई विदेशमा काम गर्न भनेर पठाइन्छ, तर यौनधन्दामा लगाइन्छ । उनीहरुको श्रम शोषण भइरहेको छ । काम गर्नसम्म गर्न लगाइन्छ, तर पारिश्रमिक निकै कम दिइन्छ । कति त काम गर्दागर्दै दुर्घटनामा परेर घाइते हुन्छन् वा ज्यान गुमाउछन् । विदेश पुगेपछि पनि कति समयसम्म काम र बस्ने ठाँउको ठेगान हुदैँन ,कामको लागि भौँतारिनुपर्दछ ।
उनीहरुलाई त्यहाँको भाषाबारे ज्ञान हुँदैन् । अर्कोतिर, सिप नभएकाले उनीहरु सारै सास्ती छ । प्रायःजसो विदेशिएका नेपालीसँग यी दुवै कुराको अभाव हुन्छ । परिवार पाल्न भनेर विदेश हिँडेकाहरु फर्किएर आउने बाटो पनि हुँदैन । त्यसकारण, उनीहरु त्यहाँ यौनव्यवसाय र अन्य गलत क्रियाकलापमा सलंग्न हुन्छन् । यसर्थमा, भन्नुपर्दा नेपालबाट रोजगारी लागि विदेशिने मानिसहरुलाई देशले सीप र आवश्यक ज्ञान प्रदान गर्न नसक्दा नेपालीहरु परदेशमा भौँतारिनु परेको र गलत काममा सलंग्न हुनुपरेको हो ।
नेपाल सरकारले नेपाली जनताको यो दुर्गति हटाउन यथाशिघ्र पहल गर्नुपर्न देखिन्छ । यसका लागि सरकारले सबैभन्दा पहिले देशमै रोजगारीको व्यवस्था गर्न सक्नुपर्छ । विदेशिने प्रक्रिया तत्कालै रोकिन सकिदैँन । विस्तारै विस्तारै गरेर यसलाई नियन्त्रण गर्नुपर्छ । विदेशिने नागरिकलाई पनि सीपमुलुक तालिम र ज्ञान प्रदान गरेर मात्र विदेश पठाउनुपर्दछ । वैदेशिक रोजगारी बोर्डको सचिवालयले वैदेशिक रोजगारीमा जानेलाई तालिम दिइरहेको छ । यसलाई थप प्रभावकारी बनाउन जरुरी छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
रुस्तम थापा । काठमाडौं