माधवराज खरेलको लेखन र निर्देशन रहेको फिल्म चिट्ठीको पहिलो गीत ‘टुटेको तारा’ सार्वजनिक भएको छ । शिव परियारको स्वर, डा.कृष्णहरि बरालको शब्द रहेको गीतमा सरोज कोइरालाको संगीत छ ।
कमेडी जनरामा निर्माण भएको फिल्ममा खड्गबहादुर पुन मगर “खबपु”, गोपाल ढकाल “छन्दे”, नवराज थापा, मुस्कान लामा, कञ्चन चालिसे, प्रविण भुषाल, श्रीदेव भट्टराई लगायतको अभिनय छ ।
जीवन पराजुली र राजन खरेलको छायाँकन रहेको फिल्ममा निर्देशक खरेल र अच्यूत बजगाईको छायांकन छ । फिल्मका सहायक निर्माता अनिता कुँवर, समिर खान र कृष्णादेवी आचार्य हुन् ।
काठमाडौँ, काभ्रेपलाञ्चोक तथा ललितपुरका विभिन्न रमणीय स्थलहरुमा छायाँकन गरिएको फिल्मको प्रदर्शन मिति जुर्न बाँकी छ । एरा प्रोडक्सनको ब्यानरमा बनेको फिल्म कमला जोशीले निर्माण गरेकी हुन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ