सूचनाको शक्ति - The Power Of Information

        

इजरायल आक्रमण

हमासले हानेको ग्रिनेड टिपेर उतै फालेका विपिन सम्पर्कविहीन

इजरायलबाट नेपाल फर्किएकी नेपाली विद्यार्थी बिबुशा अधिकारीका अनुसार हमासले हानेको ग्रिनेड नेपाली विद्यार्थी विपिन जोशीले टिपेर उतै फालिदिएका थिए । १७ जना नेपाली बसेको कोठामा आएको मिसाइल जोशीले नफालेको भए सबै जना बच्ने थिएनन् ।

तर विपिन जोशी हाल सम्पर्कविहीन छन् । बिबुशाले भनिन्, ‘साथीहरूलाई बचाउने रियल हिरोलाई जसरी भए पनि बचाउन सरकारसँग आग्रह गर्दछु । विपिन बसेको फर्मबाट छ जना बच्न सफल भए भने बाँकी नेपाली विद्यार्थीको मृत्यु भएको उनले भनाई छ ।

सरकारले बिहीबार राति इजरायलबाट २५४ जना नेपाली नागरिकलाई उद्धार गरी आज बिहान नेपाल ल्याएको छ । उद्धारपछि आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुरा गर्दै परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले इजरायलबाट नेपाल फर्कन चाहना राखेका ५०३ जनामध्ये २५४ जनालाई नेपाल ल्याइएको र अन्यलाई पनि छिट्टै नेपाल ल्याइने जानकारी दिए ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार १३:२३

लोकप्रिय