२०८२ मंसिर २६ , शुक्रबार 12, December 2025, Friday
इजरायल आक्रमण

हमासले हानेको ग्रिनेड टिपेर उतै फालेका विपिन सम्पर्कविहीन

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८० असोज २६ गते शुक्रबार

इजरायलबाट नेपाल फर्किएकी नेपाली विद्यार्थी बिबुशा अधिकारीका अनुसार हमासले हानेको ग्रिनेड नेपाली विद्यार्थी विपिन जोशीले टिपेर उतै फालिदिएका थिए । १७ जना नेपाली बसेको कोठामा आएको मिसाइल जोशीले नफालेको भए सबै जना बच्ने थिएनन् ।

तर विपिन जोशी हाल सम्पर्कविहीन छन् । बिबुशाले भनिन्, ‘साथीहरूलाई बचाउने रियल हिरोलाई जसरी भए पनि बचाउन सरकारसँग आग्रह गर्दछु । विपिन बसेको फर्मबाट छ जना बच्न सफल भए भने बाँकी नेपाली विद्यार्थीको मृत्यु भएको उनले भनाई छ ।

सरकारले बिहीबार राति इजरायलबाट २५४ जना नेपाली नागरिकलाई उद्धार गरी आज बिहान नेपाल ल्याएको छ । उद्धारपछि आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुरा गर्दै परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले इजरायलबाट नेपाल फर्कन चाहना राखेका ५०३ जनामध्ये २५४ जनालाई नेपाल ल्याइएको र अन्यलाई पनि छिट्टै नेपाल ल्याइने जानकारी दिए ।

प्रकाशित मिति : २०८० असोज २६ गते शुक्रबार