नेपाल राष्ट्र बैंकले २० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्याएको छ । गभर्नर महाप्रसाद अधिकारीले हस्ताक्षर गरेको यो २० रुपैयाँको पहिलो नोट हो ।
आकार तथा चित्रहरू पुरानै शैलीका भए पनि यो नोटमा गभर्नर अधिकरीको हस्ताक्षर मात्र नयाँ रहेको राष्ट्र बैंकले जनाएको छ । यो नोटको अग्रभागको बायाँतर्फ सगरमाथाको चित्र छ भने दायाँतर्फ लालीगुराँसको पानी छाप छ ।
त्यस्तै नोटको तल्लो भागको बोर्डरमा नोटको सिरियल नम्बर नेपालीमा ‘वि.सं. २०७९’ लेखिएको छ । त्यस्तै नोटको पछाडिको भागको माथिल्लो खण्डमा अंग्रेजीमा ‘Nepal Rastra Bank’ लेखिएको छ । नोटको मध्ये भागमा दुईवटा बाह्रसिंगाको चित्र छ ।
नोटको तल्लो भागमा अंग्रेजीमा ‘Rupees Twenty’ र तल्लो भागको बोर्डरमा नोटको सिरिज नम्बर अंग्रेजीमा ‘2023 A.D.’ लेखिएको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ