सूचनाको शक्ति - The Power Of Information

        

सुनको भाउ ओरालो लाग्दै

आठौं दिन पनि घट्यो सुन चाँदीको मूल्य, कतिमा भइरहेकाे छ काराेबार ?

८ दिनमा साढे ५ हजारले घट्यो

सुन र चाँदीको मूल्य मंगलबार पनि घटेको छ ।

लगातार आठौं दिन घट्दा छापावाल सुनको मूल्य एक लाख ६ हजार ६ सय रुपैयाँमा आइपुगेको छ ।

मंगलबार सुनको मूल्य तोलामा १३ सय रुपैयाँले घटेको छ । सोमबार एक लाख ७ हजार ९ सय रुपैयाँमा छापावाल सुनको कारोबार भएको थियो ।

यस्तै,आज तेजावी सुनको मूल्य एक लाख ६ हजार ७ सय र चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेर १३ सय १० रुपैयाँले कायम भएको छ । हिजो एक लाख ७ हजार ४ सय रुपैयाँमा तेजावी सुन र १३ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

८ दिनमा साढे ५ हजारले घट्यो

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार असोज ८ यताको ८ दिनमा सुनको मूल्य तोलामा ५ हजार ६ सय रुपैयाँले घटेको छ ।

असोज ८ गते एक लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य त्यसयता हरेक दिनजसो घटेर एक लाख ६ हजार ६ सय रुपैयाँमा आइपुगेको छ ।

यस्तै, चाँदीको मूल्य पनि ८ दिनमा तोलामा १२० रुपैयाँले घटेको छ । ८ असोजमा १४ सय ३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य १६ अजोजमा आइपुग्दा १३ सय १० रुपैयाँ कायम भएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुन चाँदीको मूल्य घट्नुको कारण अन्तर्राष्ट्रिय बजार मूल्य नै हो ।

डलरको मूल्य मजबुत बन्दा सुन बिक्री गरेर लगानी डलरतिर सरेको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्य बताउँछन् । डलर मजबुत भएसँगै यूरोपका ठूला देशहरुले बैंकमा ब्लकमा राखेका सुनहरु बेचेर डलरमा लगानी गर्न थालेको उनको भनाइ छ ।

पछिल्लो ११ दिनमा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १०३ डलरले घटेको छ । ५ असोज २०८० (८ अक्टोबर) मा १९२४ प्रतिऔंसमा कारोबार भएको सुनको मूल्य १६ असोज (३ अक्टोबार) मा आइपुग्दा १८२१ डलरमा झरेको छ ।

सुनको मूल्य अझै घट्न सक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलवार ०७:०९

लोकप्रिय