सूचनाको शक्ति - The Power Of Information

        

आज २०८० असोज २ गते मंगलवारको राशिफल

२०८० असोज २ गते मंगलवार, १९ सेप्टेम्बर २०२३ । भाद्र शुक्लपक्ष चतुर्थी तिथि, १०ः४९ बजेपछि पञ्चमी । स्वाती नक्षत्र, ११२ः१८ बजेपछि विशाखा । चन्द्रराशि तुला ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

दिन मनोरञ्जनपूर्ण र उत्साहवर्द्धक रहनेछ । आँटेको काम बन्नाले भौतिक सुविधा बढ्नेछ । साथीभाइको आगमनले काममा हौसला जाग्नेछ । रमाइला ठाउँको भ्रमण गर्ने अवसर जुट्नुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुने समय छ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउन सक्छ । मनग्य अर्थ लाभ पनि हुनेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । समयमा गम्भीर नबन्दा काममा पनि दुःख पाइनेछ । स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला । अवसरवादीहरूबाट अलि सजग रहनुहोला । मिहिनेत गर्दा अप्ठ्यारो काम समेत सम्पादन हुनेछ । काम पूरा नभए पनि आंशिक लाभ अवश्य हुनेछ । प्रतिस्पर्धाले नयाँ अवसर दिलाउन सक्छ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा लक्ष्य प्राप्त गर्न विलम्ब हुनेछ । अवसर प्राप्त भए पनि फाइदा उठाउन चुनौतीसँग जुध्नुपर्नेछ । अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ । काममा केही अलमल तथा ढिलासुस्ती हुन सक्छ । आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन् । स्वास्थ्यमा हेलचेक्र्याइँ गर्दा काममा समेत बाधा हुनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

निर्णय लिएर पनि शंका गर्ने बानीले दुविधा उत्पन्न हुनेछ । घर–सल्लाह गरी बेलैमा योजना बनाएर गरेको कामले फाइदा हुनेछ । नियमित काम सम्पादन हुनेछ । नयाँ काममा पनि आफन्तजनले साथ दिनेछन् । प्रयत्न गर्दा विश्वास नलागेको काम समेत बन्न सक्छ । बुद्धिको उपयोगले राम्रै उपलब्धि दिलाउनेछ । शुभचिन्तकहरू जुट्नाले उचित कर्मफल प्राप्त हुनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

अवसर आए पनि परिस्थिति त्यति सहज नरहला । प्रतिस्पर्धीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन् । अप्ठ्यारो पर्दा साथ दिने थोरै हुनेछन् । बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउन सक्छ । मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन् । काम सम्पादन भए पनि तत्काल आम्दानीको आशा नराख्नुहोला । बलभन्दा बुद्धिको उपयोगले लाभ दिलाउनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

विवादास्पद कामको जिम्मेवारी आउनाले केही समस्यामा परिनेछ । बोली–व्यवहारमा अलि सजग रहनुपर्ला । हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखिएकाले कर्जा र उधारो व्यापारमा चनाखो रहनुपर्नेछ । नियमित काममा साबिकजस्तै फाइदा भइरहनेछ । अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ । लेनदेनका सन्दर्भमा पनि केही वादविवाद हुन सक्छ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ । समयको महत्त्व ख्याल नगर्दा अवसर गुम्न सक्छ । भेटघाट र शिष्टाचारमा अलमलिनुपर्ला । अध्ययनमा बाधा हुनेछ । खानपानको सोखले स्वास्थ्य प्रतिकूल बन्ने देखिन्छ । सहयोगीहरू भेटिए पनि अरूको भरले मात्र काममा सफलता प्राप्त नहुन सक्छ । राम्रो नतिजा हातपार्न रोकिएको काम दोहोर्याउनुपर्ला ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

काम रोकिए पनि दोहोर्याएर प्रयत्न गर्नुहोला । अवसरका लागि केही दौडधुप गर्नुपर्ला । खर्च लागे पनि लगानी बढाउने अवसर प्राप्त हुनेछ । उपलब्धिमूलक यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । टाढाका साथीभाइसँग आत्मीयता बढ्नेछ । विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ । दिगो योजनाका लागि ऋण लिने समय छ । फाइदाका पछि लाग्दा धनमाल गुम्न सक्छ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ । रकम आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ । व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ । फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला । अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका हुन सक्छ । खर्च गरेर पनि त्यति लाभ उठाउन नसकिएला । मिहिनेत गर्दा पछि फाइदा हुने काममा जग बसाउने मौका छ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

अवसर प्राप्त भए पनि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । पुरानो हिसाबकिताब सुल्झाउन समय लाग्नेछ । स्वार्थका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुहोला । मिहिनेतले जीवनशैलीमा सुधार ल्याउन सकिनेछ । काम गरेर दाम कमाउने अवसर प्राप्त हुनेछ । व्यवसायमा फाइदा हुनेछ तर नयाँ काम गर्न समय पर्खनुहोला । सामाजिक काम गर्ने अवसर प्राप्त हुनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला । विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । कामको चाप बढ्नेछ भने शरीरमा पनि थकान महसुस हुनेछ । अवसर र व्यवधानका बीचबाट कर्मफल हातपार्न सफल भइनेछ । तर, धैर्य एवं लगनशीलताले मात्र उपलब्धि प्राप्त हुनेछ । नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला । प्रयत्नले मात्र काम पूर्ण हुन सक्छ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

दौडधुपमै समय बित्नेछ भने मिहिनेत गरीकन चिताएको मूल्य प्राप्त नहुने देखिन्छ । अध्ययनमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्नेछ । काम समयमा पूरा गर्न मुस्किल देखिछ । हुलमुलमा धनमाल जोगाउन सजग रहनुपर्ला । स्वास्थ्यका लागि आराम र खानपानमा विशेष ध्यान दिनुहोला । मिहिनेत गर्दा उपलब्धिको स्रोत भने पहिल्याउन सकिनेछ ।

प्रकाशित मिति : २ आश्विन २०८०, मंगलवार ०७:२७