सूचनाको शक्ति - The Power Of Information

        

शेयर बजार २३ अङ्कले बढेर २१ सय १५ विन्दुमा

शेयर बजार लगातार तेस्रो दिन दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव ९४ अङ्कले बढेर दुई हजार एक सय १५ दशमलव ९४ विन्दुमा पुगेको छ ।

आज विकास बैंक र व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा फाइनान्स, माइक्रोफाइनान्स, हाइड्रोपावर समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज जानकी फाइनान्स, नेरुडे मिर्मिरे लघुवित्त र सामुदायिक लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन साइन रेसुङ्गा विकास बैंकको शेयर भने चार प्रतिशतभन्दा धेरैले घटेको छ ।

दोहोरो अङ्कले बजार बढेको दिन तीन सय १७ वटा कम्पनीका एक करोड ३२ लाख कित्ता शेयर पाँच अर्ब २० करोड रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै पोखरा फाइनान्स कम्पनीको २४ करोड रुपैयाँ बराबरको शेयर खरिद/बिक्री भयो ।

प्रकाशित मिति : ८ जेष्ठ २०८१, मंगलवार १७:२१

लोकप्रिय