सूचनाको शक्ति - The Power Of Information

        

आज २०८० असोज १ गते सोमवारको राशिफल

२०८० असोज १ गते सोमवार, १८ सेप्टेम्बर २०२३ । भाद्र शुक्लपक्ष तृतीया तिथि, १०ः२३ बजेपछि चतुर्थी । चित्रा नक्षत्र, ११ः१६ बजेपछि स्वाती । चन्द्रराशि तुला ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

काम बन्नुका साथै दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । कामको सफलताले हौसला जगाउनेछ । व्यापार बढ्नेछ । व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । सोखले भौतिक साधन जुटाउन प्रेरणा प्राप्त हुनेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ । उधारोमा व्यापार गर्नुपर्ला । आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन् । स्वास्थ्य–चिन्ताले पनि सताउनेछ । अध्ययनमा बाधा हुनेछ भने अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला । लक्ष्य प्राप्त गर्न समय लाग्नेछ । मिहिनेत गरीकन चिताएको मूल्य प्राप्त नहुने देखिन्छ । लक्ष्य प्राप्त गर्न केही समय लाग्नेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ । अध्ययनमा समय दिन नसकिएला । अरूका काममा चासो लिँदा झमेला बेहोर्नुपर्ला । तापनि पछि लाभ हुने काम प्रारम्भ हुनेछ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ । गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ । थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ । यात्रा गर्ने अवसर जुट्न सक्छ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

फाइदाको पछि लाग्दा नाम बिग्रन सक्छ । तापनि, गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । आज अरूलाई दिने नभई भित्र्याउने समय छ । दिएको धनमाल पछि आफैंलाई आवश्यक पर्न सक्छ । अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको साथ– सहयोग प्राप्त हुनेछ । व्यापारमा अवश्यै लाभ हुनेछ । चुनौती पन्छाएर पनि काममा जग बसाउने मौका छ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

रचनात्मक काममा जुट्ने समय छ । पहिलेको उपलब्धिले उत्साह जगाउनेछ । उद्योग र व्यापारमा सामान्य फाइदै हुनेछ । गरिएका कर्मको सामान्य प्रतिफल पाइनेछ । तर, परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ । सानोतिनो काममा सञ्चित रकम खर्चनुपर्ला । बेलामा होस नपुर्याउँदा बाध्यतामा परिनेछ । व्यापारतर्फ हिसाबकिताबमा होसियार रहनुहोला ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

खर्चिलो काम थाल्नाले व्यवहारमा समस्या पर्न सक्छ । हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ । अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ । शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला । आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ । अध्ययनमा त्यति समय दिन नसकिएला । बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयन गर्न सकिनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

भेटघाट र खानपानमा अलमलिनुपर्दा समय बित्नेछ । आगन्तुकहरूले अलमल्याउने हुँदा काममा बाधा पुग्न सक्छ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । आफन्तसँग सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान पुर्याउनुहोला । समयमा आलस्य गर्ने बानीले पछि परिनेछ । आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन् । सानातिना काममै अलमल हुनेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउला । आफन्तबाटै टाढिनुपर्ने हुन सक्छ । आफ्नो कामको फल अरूले हत्याउने चेष्टा गर्नेछन् । केही पाउन अर्काे वस्तु त्याग्नुपर्ला । व्यवसायमा लगानी थप्नुपर्ने हुन सक्छ । खर्चिलो काम थाल्नाले धेरै रकम जुटाउनुपर्ला । खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्नेछ । तत्काल फाइदा लिँदा लाभांश अरूलाई पनि बाँड्नुपर्ला ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन् । आम्दानीले उत्साह जगाउनेछ । श्रमको उचित मूल्य पाइनेछ । व्यापारमा फड्को मार्ने समय छ । जिम्मेवारी समेत बढ्नेछ । तर हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखिएकाले कर्जा र उधारो व्यापारमा चनाखो रहनुपर्नेछ । नियमित काममा फाइदा भइरहनेछ । अरूको चासो लिँदा झमेला आइलाग्न सक्छ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

पुराना कामको चर्चा हुनेछ भने मिहिनेत गर्दा उपलब्धिको स्रोत प्राप्त हुनेछ । तर, अरूका काममा समय खर्चनुपर्दा आफ्ना काम रोकिन सक्छन् । सामाजिक उत्तरदायित्व प्राप्त भए पनि जिम्मेवारी पूरा गर्नमा बाधा हुनेछ । परिस्थितिवश आफन्तबाट टाढिनुपर्ने हुन सक्छ । अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्, सजग रहनुहोला ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

परिस्तिथिवश काममा ढिलासुस्ती हुन सक्छ । आफ्नो विषयवस्तुमा अरूले दाबी–विरोध गर्न सक्छन् । काम रोकिनाले मन खिन्न रहनेछ । केही बाध्यात्मक परिस्थितिमा अलमलिनुपर्ला । श्रम परे पनि सम्भावना खोजी गर्ने समय छ । पछिका लागि गरिएको मेहनतले फाइदा दिनेछ । व्यापार सामान्य रूपमा चल्नेछ । सामाजिक समस्या सुल्झाउने जिम्मेवारी आउन सक्छ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

परिस्थिति केही असहज रहने समय छ । अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ । आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन् । कमजोर नतिजा सच्याउन केही काम दोहोर्याउनुपर्ला । चिताएको मूल्य प्राप्त नभए पनि पछि फाइदा हुने काम गर्न सकिनेछ । वादविवादमा अघि नसर्नुहोला । सावधानीले नै सम्भावित समस्या टर्न सक्छ ।

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार ०६:१४