सूचनाको शक्ति - The Power Of Information

        

विचार

स्वास्थ्यका दृष्टिले मासु पोषिलो खानेकुरा

छाला र काँचो मासुको परिकार खानु रोगलाई निम्त्याउनु हो । छालामा फोहोरका सिस्ट हुने भएकाले रोग लाग्छ भने काँचो मासुमा पनि धेरै ब्याक्टेरिया हुन्छन् । अस्वस्थकर मासु तथा रोगी पशुको मासु सेवन गर्दा मानिसलाई जुनोटिक रोग बर्डफ्लु, स्वाइनफ्लु, एन्थ्राक्स लगायत रोग लाग्न सक्छ ।

विशेष गरी शरीरमा सजिलै सोसिन सक्ने उच्च गुणस्तरको प्रोटिन, केही भिटामिन तथा खनिजका लागि मासु उत्तम खानेकुरा हो । मासुमा प्रोटिन, चिल्लो पदार्थ, भिटामिन, खनिज पदार्थ र पानीको मिश्रण रहेको हुन्छ । जसको प्रयोगले शरीरलाई फाइदा पु¥याएको हुन्छ । तर, उसिनेको मासु प्रयोग गर्दा स्वास्थ्यका लागि बढी हितकर हुन्छ । उसिनेको मासु खाँदा अनावश्यक चिल्लो पदार्थबाट बच्न सकिन्छ । तर मासुको स्वच्छता र खाने मात्रा तथा तरिकामा उचित ध्यान नपुग्दा फाइदाभन्दा समस्या बढी निम्तिइरहेको पनि हुन्छ ।

राम्रो र व्यवस्थित तवरले मासु खाने हो भने स्वास्थ्यका दृष्टिले मासु पोषिलो खानेकुरामा पर्दछ । तर, मासु खाने समयमा अधिकांशले व्यवस्थित रूपमा मासु नखाँदा विभिन्न रोगको सिकार हुने गरेका छन् । मासुमा प्रोटिन, चिल्लो पदार्थ, भिटामिन, खनिज पदार्थ र पानीको मिश्रण रहेको हुन्छ । जसको प्रयोगले शरीरलाई फाइदा पुर्याएको हुन्छ । तर, उसिनेको मासु प्रयोग गर्दा स्वास्थ्यका लागि बढी हितकर हुन्छ । उसिनेको मासु खाँदा अनावश्यक चिल्लो पदार्थबाट बच्न सकिन्छ । मधुमेह, उच्च रक्तचाप, मिगौलाको समस्या, कोलेस्ट्रोल बढी भएमा बोसो नभएको मासु प्रयोग गर्दा राम्रो हुन्छ । सकभर रातो मासु कम खानुपर्छ ।

सेतो मासु भने स्वास्थ्यका लागि राम्रो मानिन्छ । तुलनात्मक रूपमा खसी, सुँगुर, राँगाको भन्दा कुखुराको मासु र माछा प्रयोग गर्नु बढी श्रेयष्कर हुन्छ । कतिपय मानिसले मासुमा भएको बोसो अत्यधिक प्रयोग गर्ने गर्छन् । गाउँघरतिर त छुट्टै निकालेर बोसो खाने प्रचलनसमेत छ । तर, स्वास्थ्यका लागि भने सकेसम्म बोसो निकालेर मात्र मासुको प्रयोग गर्नु राम्रो हुन्छ ।तर, त्यही मासु अस्वस्थ र मासुलाई राम्ररी नपकाउँदा मासुमा हुने परजीवी नमर्ने र त्यस्तो मासु खाँदा मानिसको मस्तिष्कलगायत शरीरका अन्य भागमा हानि पुर्याई रोगी बनाउने बताउँछन् ।

धेरैका घरमा मासुका मीठा परिकार तयार पार्ने गरिन्छ । मानिसले आ–आफ्ना रुचिअनुसार मासुलाई विभिन्न परिकार बनाएर खाने गर्छन् । तर, मासुका विभिन्न परिकारमध्ये छालासहितको मासु र काँचो मासुबाट बनाइने परिकार भने खान नहुने चिकित्सकले बताएका छन् । छाला र काँचो मासुका परिकार रोगका घर हुन् । छाला र काँचो मासुको परिकार खानु रोगलाई निम्त्याउनु हो । छालामा फोहोरका सिस्ट हुने भएकाले रोग लाग्छ भने काँचो मासुमा पनि धेरै ब्याक्टेरिया हुन्छन् ।

अझै पनि मानिसमा छालासहितको मासु खानुपर्छ भन्ने भ्रम छ । तर वास्तवमा छालासहितको मासु खानु रोग पनि खानु हो । ‘छालासहितको मासु र काँचो मासु खाँदा मानिसलाई इपिलेप्सी अर्थात् छारेरोग तथा हिस्टेरिया र अन्य ब्याक्टेरियल रोग लाग्ने गर्छ । काँचो मासुबाट बनाइने कचिला सबैभन्दा बढी खतरनाक हुन्छ । काँचो मासुमा भएका ब्याक्टेरियाका कारण पाचनप्रणाली, क्षयरोगदेखि दिमागसम्मका छारेरोग लाग्ने गर्छ । हाम्रो समाजमा अझै पनि धर्म तथा संस्कृतिको नाममा काँचो मासु खाने चलन छ तर त्यही कारण मानिसलाई रोगी बनाइरहेको छ । धेरै मासु खाने प्रचलन रहे पनि आफ्नो स्वास्थ्यलाई ख्याल गरी मासु खान सुझाएका छन् । अस्वस्थ्यकर मासुको सेवनबाट मात्र नभई भान्सामा बनाइने मासुका परिकारबाट पनि धेरै रोग लाग्न सक्दछ ।

धेरै मात्रामा चिल्लो हालेर बनाइने मासुका कारण मुटुका रोग, उच्च रक्तचापका समस्या देखिन सक्छ भने धेरै दिन सुकाएर राखेको, सुकुटी बनाएको र धेरै तेल र मसला प्रयोग गरेको मासुले पनि स्वास्थ्यमा अनेकौँ समस्या उत्पन्न गराउँछ । मासुलाई राम्रोसँग पकाएर खाने गरेमा तथा खानेकुरा किन्दा उपभोक्ता स्वयंले पनि केही सावधानी अपनाएमा ठूला बेफाइदाबाट जोगिन सकिने बताए । ‘हामी आफैँ सचेत भएर व्यवस्थित बधशालाको मासु, बासी, सडेगलेको र झिँगा भन्केको माछामासु सेवन नगरी छालासहित मासुभन्दा छालारहित मासु सेवन गर्न सक्छौँ। ‘खरिद गरी ल्याएको माछामासु चिस्यान (फ्रिज)मा राखेर प्रयोग गर्दा धेरैजसो हानिकारक जीवाणुको वृद्धिमा कमी आउने हुँदा सम्भव भएसम्म १२ घन्टा र नभएमा कम्तीमा एक घन्टा चिस्यानमा राखेर मात्र पकाएर खाने बानी बसाल्ने हो भने केही हदसम्म बच्न सकिन्छ ।

जनावर स्वस्थ भए पनि बध गरिसकेपछि सफा पानीले सफा नगर्ने, ढुवानी गराउने साधन उपयुक्त नहुने, मासु राख्ने ठाउँ सफा नहुने र मासुलाई धुलो र झिँगाबाट जोगाउन रातो कपडाले छोपेर नराख्ने हो भने मासु अशुद्ध हुने गर्छ । यस्तो मासुको प्रयोगबाट तात्कालिक असरअन्तर्गत झाडापखाला, हैजा, फुड पोइजनजस्ता असर देखा पर्छन् भने दीर्घकालीन रूपमा ज्यान जान सक्ने रोग लाग्छन् । हुलमुलमा बिरामी पशु तथा राम्रो सरसफाइको व्यवस्था नभएको पसलमा किनेको मासु खाने तथा राम्रोसँग नपकाइएको मासुका परिकार खाँदा रोगजन्य कीटाणुका कारण उपभोक्तालाई टाइफाइड, झाडापखाला तथा पेटका अन्य समस्या बढी देखिने गरेको छ ।

अस्वस्थकर मासु तथा रोगी पशुको मासु सेवन गर्दा मानिसलाई जुनोटिक रोग बर्डफ्लु, स्वाइनफ्लु, एन्थ्राक्स लगायत रोग लाग्न सक्छ । यसका साथै पशुपक्षीलाई विभिन्न रोग लाग्न सक्छन् र त्यस्ता रोगी पशुपक्षीको मासु सेवन गर्नाले मानिसलाई पनि त्यही रोग लाग्ने सम्भावना धेरै हुन्छ । अस्वस्थ माछा मासुको सेवनबाट क्षयरोग, आउँ, पेट फुल्ने, मिर्गौलाको रोग, फुड पोइजनिङ समस्या पनि धेरैमा हुने गरेको छ । अस्वस्थकर मासुको अत्यधिक प्रयोगले दीर्घकालीन रूपमा हुने अल्सर, उच्च रक्तचाप, मुटुरोग, तल्लो आन्द्राको रोग, मिर्गौलाले काम नगर्ने, क्यान्सर लगायत रोग देखा पर्ने गर्छ । प्रेसर कुकरमा उच्च तापमा राम्ररी पकाएको मासु मात्र खानयोग्य हुन्छ । प्रेसर कुकरको प्रयोगका कारण मासुबाट महामारी फैलिने सम्भावना निकै कम रहेको हुन्छ । यसका साथै मासु खानेले आफूमा भएको रोगको पनि ख्याल गर्नुपर्छ । मासुबाट एलर्जी भएका, युरिक एसिड भएका, ब्लड प्रेसर, मुटु रोग भएकाले मासु खाँदा ध्यान दिन आवश्यक छ ।

मासु खाने तरिका, मात्रा र स्वच्छतामा ध्यान नदिँदा मासुले हानि नै गर्दछ तर यसको अर्थ मासु खानै हुँदैन भन्ने होइन । स्वच्छ माछा, मासु, अण्डाले पोषणका दृष्टिले छुट्टै महत्व राख्छ । अहिलेसम्मको अनुसन्धानलाई हेर्दा अति मांसाहारी र पूर्ण शाकाहारी दुवै गलत हो । मासुविना भागै नबस्ने पनि गलत हुन्, माछामासु छुनै हुँदैन भन्ने पनि गलत हुन् । पूर्ण शाकाहारी भोजनका कारण भिटामिन बी १२ लगायतका भिटामिन, मिनरलजस्ता कतिपय पोषक तत्वको कमी हुन सक्छ । केही अनुसन्धानले पूर्ण शाकाहारीमा डिप्रेसनको सम्भावना बढी हुने दाबी गरेका छन् । उता मांसाहारी भोजनको अधिक उपभोगले युरिक एसिड बढ्ने, रगतमा बोसोको मात्रा बढ्ने, मुटु रोगजस्ता विभिन्न दीर्घकालीन रोग लाग्ने, रातो मासु र प्रशोधित मासु धेरै खाँदा क्यान्सरसम्म हुन सक्ने पनि औल्याइएको छ । त्यसैले सही किसिमको मासु खानुचाहिँ स्वस्थ्यका लागि हितकर हुन्छ ।

प्रकाशित मिति : २४ भाद्र २०८०, आइतवार ०८:३९

लोकप्रिय