सूचनाको शक्ति - The Power Of Information

        

फिल्म क्षेत्रमा कस्तो रह्यो प्रकृतिको कमब्याक ?

फिल्म ‘उत्सब’मा काम गरेपछि सबैलाई सरप्राइज दिदै बिँहे गरेर अष्ट्रेलिया पुगेकी नायिका प्रकृति श्रेष्ठ नौं बर्षपछि फिल्म ‘बिहे पास’बाट फिल्म क्षेत्रमा फर्किइन् । बैशाखको १ गतेबाट रिलिज भएको यो फिल्मले प्रकृतिलाई कति फाइदा भयो त ?

प्रवेश पौडेलको निर्देशनमा तयार भएको फिल्ममा प्रकृति सरकारी जागिर खाने महिलाको भूमिकामा छिन् । नायक दयाहाङ राइको श्रीमतिको भूमिकामा देखिएकी प्रकृतिलाई दर्शकले रुचाए । उसो त प्रकृतिबाट दर्शकले अझै सशक्त भूमिकाको अपेक्षा गरेका छन् ।

किनकी, प्रकृति अब्बल अभिनय गर्न सक्ने कलाकार हुन् । प्रकृतिलाई लिएर सामाजिक संजालमा देखिएको दर्शकको चासोले पनि उनले अब निरन्तर फिल्म खेल्नुपर्छ भन्ने सन्देश दिएको छ । म्युजिक भिडियो र फिल्ममा चर्चा पाइरहेको समयमा प्रकृतिले फिल्म क्षेत्रबाट जीवन जीउन नसकिने निर्णय गर्दै अष्ट्रेलिया हानिएकी थिइन् ।

‘बिहे पास’ले नयाँ बर्षको दिन र शनिबार सुखद कमाई गरेको थियो । त्यसपछि फिल्मको व्यापार औषत छ । तर, आगामी दिनमा प्रकृतिलाई लिएर फिल्म बनाउन चाहने मेकरको संख्या बढ्ने छ । प्रकृतिले पनि फिल्म क्षेत्रमा गम्भिर भएर लागेको अवस्थामा उनको करिअर सुखद देखिन्छ ।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहीबार ०९:४४