नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज चौथो दिनको बन्द सत्र प्रभावित भएको छ । बुधबार बन्द सत्रमा महाधिवेशन प्रतिनिधिले विभिन्न प्रस्ताव तथा प्रतिवेदनमाथिको छलफल टुंग्याउँदै पारित गर्ने तयारी गरिएको छ । तर, अचानक आएको हावाहुरी र वर्षाका कारण बन्द सत्र प्रभावित भएको प्रवक्ता देवराज चालिसेले बताए ।
प्रवक्ता चालिसेका अनुसार आजको बन्द सत्रमा महाधिवेशन प्रतिनिधिहरूले विभिन्न प्रस्ताव तथा प्रतिवेदनमाथिको छलफल टुंग्याउँदै पारित गर्ने तयारी भए पनि अचानक आएको हावाहुरी र वर्षाका कारण बन्द सत्र प्रभावित भएको हो । एकाएक हावाहुरीसहितको ठूलो वर्षा भएसँगै बन्द सत्र प्रभावित भएको छ । खुलामञ्चमा महाधिवेशन प्रतिनिधिहरू आउन सकेका छैनन् ।
बिहान साढे १० बजेदेखि सुरु गर्ने भनिएको बन्द सत्रलाई खाजा समयपछि गर्ने भनी साढे ११ बजेदेखि सुरु गर्ने तयारी भएको थियो । तर अचानक हावाहुरीसहितको ठुलो वर्षा भएसँगै प्रभावित भएको छ । खुलामञ्चमा महाधिवेशन प्रतिनिधिहरू आउन सकिरहेका छैनन् । कांग्रेसले बन्द सत्र खुलामञ्चमा सञ्चालन गर्दै आएको छ ।

भृकुटीमण्डपमा खाना स्थल र राष्ट्रिय सभा गृहमा निर्वाचन समितिले निर्वाचनको कम गरिरहेको छ । बिहीबार बिहान मतदान गर्ने तयारी छ । भोलि बिहान मतदान हुँदैछ । कांग्रेसको बन्द सत्रमा सबैलाई प्रवेश खुला, प्रत्यक्ष प्रसारण हुने भनिएको छ । बन्द सत्रमा महाधिवेशन प्रतिनिधिहरूले विभिन्न प्रस्ताव तथा प्रतिवेदनमाथिको छलफल टुंग्याउँदै पारित गर्ने तयारी गरिएको छ ।
खुलामञ्चमा प्रवेश पाएका सबैलाई बन्द सत्रमा प्रवेश खुला गरिएको छ । बन्द सत्रको लाइभ नेपाली कांग्रेसको फेसबुक पेजबाट पनि प्रसारण गर्ने उनले जानकारी दिए । साथै अन्य मिडियाहरूलेसमेत बन्द सत्रलाई प्रत्यक्ष प्रसारण गर्न पाउने छन् ।
बन्द सत्रमा सभापति गगनकुमार थापाले प्रस्तुत गरेको राष्ट्रिय पुनःजागरण र समुन्नति सम्बन्धी राजनीतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेको राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारा सम्बन्धी समसामयिक प्रस्ताव, महामन्त्री गुरुराज घिमिरेको सुगठन सम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदनमाथि छलफलपछि पारित गर्ने कार्यसूची छ ।
