२०८३ मंसिर ८ , मंगलबार 24, November 2026, Tuesday

कांग्रेस महाधिवेशन : आजबाट सुरु हुँदै बन्दसत्र

नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजबाट बन्दसत्र हुँदैछ । बन्दसत्र आज र भोलि चल्नेछ । बन्दसत्रमा सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेस हुनेछ ।

महामन्त्रीले विधान संशोधन र कोषाध्यक्षले आर्थिक प्रतिवेदन पेस गर्ने कार्यतालिका छ । त्यसअघि, बन्दसत्रमा पेस गर्ने प्रतिवेदनउपर छलफल गर्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक खुलामञ्चमै बस्दैछ ।

यस्तै १५औँ महाधिवेशन अन्तर्गत आज मतदाता नामावली प्रकाशन हुँदैछ । बेलुका ५ बजे मतदाता नामावली प्रकाशन हुनेछ । ५ देखि साढे ६ बजेसम्म मतदाता नामावली प्रकाशनविरुद्ध दावी विरोधको समय तोकिएको छ ।

दावी विरोधउपर जाँचबुझका लागि साढे ६ देखि साढे ७ बजेसम्मको समय तोकिएको छ । मतदाताको अन्तिम नामावली प्रकाशन साढे ८ बजे हुने नेपाली कांग्रेस निर्वाचन समितिले बताएको छ । मंगलबार बिहान मनोनयन दर्ताका लागि समय तोकिएको छ । मतदान बिहीबार बिहानदेखि हुनेछ ।

प्रकाशित मिति : २०८३ असोज १९ गते सोमबार