२०८३ मंसिर ४ , शुक्रबार 20, November 2026, Friday

मुगुमा चार घण्टाभित्र दुईपटक भूकम्प

मुगुको कालै आसपास केन्द्रबिन्दु भएर बुधबार बिहान दुईपटक भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान १ बजेर ५१ मिनेटमा स्थानीय म्याग्निच्युड ४.५ को भूकम्प गएको हो ।

त्यसैगरी, बिहान ४ बजेर २८ मिनेटमा सोही क्षेत्र आसपास केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको अर्को भूकम्प गएको केन्द्रले जनाएको छ । दुवै भूकम्पको केन्द्रबिन्दु मुगुको कालै आसपास रहेको जनाइएको छ । भूकम्पबाट भएको क्षतिबारे तत्काल कुनै विवरण प्राप्त नभएको केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : २०८३ भदौ ३१ गते बुधबार