२०८३ वैशाख १७ , बिहीबार 1, May 2026, Friday

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्थायी अध्यापक आन्दोलित

सत्यपाटीसत्यपाटी । जुम्ला । २०८२ चैत २८ गते शनिबार

जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्थायी अध्यापक पाँचबुँदे मा राख्दै आन्दोलित बनेका छन् । उनीहरूले उपलब्ध योग्य अध्यापकबाटै शैक्षिक पदपूर्तिको माग अघि सारेका छन् ।

यस्तै १० वर्षदेखि तलब वृद्धि नभएको भन्दै महँगी अनुसार तलब वृद्धिको माग उनीहरूको छ । अध्यापकहरूले कार्यसम्पादनमा आधारित करार प्रणाली लागू गर्न माग राखेका छन् । यस्तै, जुम्ला आवतजावतको अप्ठ्यारोलाई ध्यानमा राख्दै बिदा व्यवस्था गर्न उनीहरूको माग छ ।

उनीहरूले तुरुन्तै फ्याकल्टी विकास समितिको गठन र आफ्ना माग कार्यान्वयनमा सक्रियताको आवाज उठाएका छन् । विगत केही महिनादेखि निरन्तर पहल गर्दा पनि कुनै सुनुवाइ नभएपछि आफूहरू आन्दोलित हुन बाध्य भएको अध्यापकहरूको भनाइ छ ।

प्रकाशित मिति : २०८२ चैत २८ गते शनिबार