नेपाली बजारमा सुनचाँदीको मूल्यले बुधबार पनि नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार छापावाल सुनको भाउ तोलामा नौं हजार ५०० रुपैयाँले बढेर तीन लाख १८ हजार ८०० रुपैयाँ कायम भएको हो ।
यो हालसम्मकै सर्वाधिक मूल्य हो । मंगलबार छापावाल सुन सोलामा ३०० रुपैयाँ बढेर तीन लाख नौं हजार ३०० रुपैयाँ थियो । आज १० ग्राम सुनको मूल्य तोलामा दुई लाख ७३ हजार ३२० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ । मंगलबारको तुलनामा बुधबार चाँदीको मूल्य प्रतितोला ४३० रुपैयाँले बढेर सात हजार ३०० रुपैयाँ पुगेको छ । मंगलबार चाँदी प्रतितोला छ हजार ८७० रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति : २०८२ माघ १४ गते बुधबार
सत्यपाटी