२०८३ मंसिर ४ , शुक्रबार 20, November 2026, Friday

जाडोमा गाजर खानुका सात फाइदा

जाडो मौसम सुरु भएसँगै बजारमा ताजा, गुलियो र रसिलो गाजर सजिलै पाइन्छ । गाजरलाई जाडोयामको सबैभन्दा पोषिलो तरकारीमध्ये एक मानिन्छ । यसमा भिटामिन ‘ए’, भिटामिन ‘सी’, फाइबर र एन्टिअक्सिडेन्टहरू प्रचुर मात्रामा पाइन्छन्, जसले चिसो मौसममा शरीरलाई स्वस्थ, ऊर्जावान् र रोगहरूबाट सुरक्षित राख्न मद्दत गर्छन् ।

काँचो गाजरदेखि जुस र हलवासम्म, यसका अनेकौँ परिकारले जाडोमा स्वाद र स्वास्थ्य दुवैको ख्याल राख्छन् । यहाँ हामी तपाईंलाई जाडोमा गाजरको प्रयोग गरेर कसरी आफूलाई स्वस्थ राख्न सकिन्छ भन्ने बारे जानकारी दिँदैछौँ ।

१. रोग प्रतिरोधात्मक क्षमता बढाउन सहायक – जाडोमा रुघाखोकी र भाइरल सङ्क्रमणको जोखिम बढ्छ । गाजरमा पाइने भिटामिन ‘सी’ र एन्टिअक्सिडेन्टले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउँछन्, जसले गर्दा विभिन्न रोगहरूबाट बच्न सकिन्छ ।

२. आँखाको ज्योतिका लागि फाइदाजनक – गाजरमा बिटा–क्यारोटिन भरपुर मात्रामा हुन्छ, जुन शरीरमा गएर भिटामिन ‘ए’ मा परिणत हुन्छ । यसले आँखाको ज्योति बढाउन र आँखालाई स्वस्थ राख्न मद्दत गर्छ, विशेषगरी जाडोमा जब आँखा सुक्खा हुने समस्या बढ्छ ।

३. छालालाई बनाउँछ स्वस्थ र चम्किलो – चिसो मौसममा छाला रुखो र बेजान हुन्छ । गाजरमा पाइने भिटामिन ‘ए’ र एन्टिअक्सिडेन्टले छालालाई पोषण दिएर स्वस्थ र प्राकृतिक चमक प्रदान गर्छन् ।

४. पाचन प्रणालीलाई राख्छ चुस्त – गाजर फाइबरले भरिपूर्ण हुन्छ, जसले पाचन क्रियालाई सुधार गर्छ र कब्जियतको समस्याबाट राहत दिलाउँछ । जाडोमा पाचन प्रक्रिया केही सुस्त हुने भएकाले गाजरको सेवन निकै लाभकारी हुन्छ ।

५. मुटुको स्वास्थ्यका लागि लाभकारी – गाजरमा पाइने एन्टिअक्सिडेन्ट र पोटासियमले मुटुलाई स्वस्थ राख्न मद्दत गर्छन् । यसले खराब कोलेस्ट्रोललाई कम गर्न र रक्तचाप नियन्त्रणमा राख्न सहयोग पु¥याउँछ ।

६. तौल नियन्त्रणमा सहयोगी – जाडोमा तौल बढ्ने चिन्ता भएका मानिसहरूका लागि गाजर एउटा उत्तम विकल्प हो । यसमा क्यालोरी कम र फाइबर बढी हुन्छ, जसले गर्दा लामो समयसम्म पेट भरिएको महसुस हुन्छ र अनावश्यक खानपानबाट बचिन्छ ।

७. शरीरलाई न्यानो राख्छ – गाजरको प्रकृति तातो मानिन्छ, त्यसैले जाडोमा यसको सेवनले शरीरलाई भित्रैबाट न्यानो राख्छ र चिसोबाट बचाउन मद्दत गर्छ ।

प्रकाशित मिति : २०८२ पुस २८ गते सोमबार