नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फको प्रहरी हवल्दार पदमा ठुलो संख्यामा बढुवा गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार ९६६ लाई हवल्दारमा बढुवा गर्न नाम सिफारिस गरिएको छ ।
शुक्रबार बसेको बढुवा समितिको बैठकले प्रहरी सहायक हवल्दारहरूलाई हवल्दारमा बढुवाका लागि सिफारिस गरेको हो । यो सिफारिस प्रहरी नियमावली, २०७१ को नियम २७ को उप–नियम (४) अनुसार गरिएको हो । बढुवा समितिले जारी गरेको सूची नेपाल प्रहरी प्रधान कार्यालयको वेबसाइटमा उपलब्ध छ ।
Skip to PDF content
प्रकाशित मिति : २०८२ पुस २६ गते शनिबार
