२०८३ मंसिर ४ , शुक्रबार 20, November 2026, Friday

हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा र हिमपात

देशका केही स्थानमा आज आंशिक बदली रहे पनि मुख्यतया मौसम सफा रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर मौसममा आंशिक बदली रहनेछ ।

विभागले राति कोसी, कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने बताएको छ । बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

गण्डकी प्रदेशको हिमाली भूभागको एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको विभागले बताएको छ ।

प्रकाशित मिति : २०८२ मंसिर २१ गते आइतबार