२०८३ मंसिर ४ , शुक्रबार 20, November 2026, Friday

काठमाडौं महानगर प्रमुख बालेन शाहलाई पितृशोक

काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)लाई पितृ शोक परेको छ । उनका बुवा रामनारायण शाहको ७७ वर्षको उमेरमा निधन भएको हो ।

उनको आज उपचारका क्रममा निजामती कर्मचारी अस्पतालमा निधन भएको अस्पतालका कार्यकारी निर्देशक डा मोहनचन्द्र रेग्मीले जानकारी दिए । उनलाई मधुमेह र पिसाबको सङ्क्रमणको समस्या थियो ।

आयुर्वेदका चिकित्सक समेत रहेका शाहलाई आइतबार अपराह्न अस्पताल भर्ना गरिएको थियो । आइतबार अस्पताल भर्ना भएका शाहको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उनको उपचारकै क्रममा निधन भएको हो ।

प्रकाशित मिति : २०८२ मंसिर १५ गते सोमबार