२०८३ मंसिर ४ , शुक्रबार 20, November 2026, Friday

आफ्नो मृत्युदण्डको फैसलापछि हसिनाले भनिन्, ‘राजनीतिक प्रतिशोधमात्रै हो’

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई ढाकास्थित अन्तर्राष्ट्रिय अपराध अदालतले मानवताविरुद्धको आरोपमा मृत्युदण्ड सुनाएको छ ।

फैसला सुनिँदा भारतमै निर्वासनमा रहेकी हसिनाले त्यो केबल ‘राजनीतिक प्रतिशोध’मात्रै भएको बताएकी छन् । नयाँ दिल्लीमा इन्डिया टुडेसँग कुरा गर्दै ७८ वर्षीया हसिनाले यो फैसला राजनीतिकरूपमा प्रेरित, पक्षपाती र पूर्वनिर्धारित निष्कर्ष भएको आरोप लगाएकी छन् ।

अदालतले हसिनालाई हिंसा भड्काएको, प्रदर्शनकारीमाथि गोली चलाउन आदेश गरेको र अत्याचार रोक्न असफल भएको आरोपमा दोषी ठहर गरेको हो । हसिनाले अन्तरिम सरकारप्रमुख मुहम्मद युनुसमाथि ‘असंवैधानिक रूपमा सत्ता कब्जा गरेको’ आरोप लगाउँदै आन्दोलनमा १४०० जना मारिएको दाबी ‘झुटो’ भएको दाबी पनि गरेकी छन् ।

प्रकाशित मिति : २०८२ मंसिर १ गते सोमबार