२०८३ असार १३ , शनिबार 27, June 2026, Saturday

बाँकेमा मतदाता नामावली दर्तामा उत्साहजनक सहभागिता

सत्यपाटीसत्यपाटी । बाँके । २०८२ कात्तिक २० गते बिहीबार

बाँकेमा फोटोसहितको मतदाता नामावली दर्तामा उत्साहजनक सहभागिता देखिएको छ । बाँकेमा हालसम्म चार हजार १९३ जना नयाँ मतदाता थपिएका छन् ।

जिल्ला निर्वाचन कार्यालय बाँकेका जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले मतदाता नामावलीमा नाम दर्ता गराउनेमध्ये ६० प्रतिशत हाराहारीमा युवा पुस्ता रहेको जानकारी दिए ।

उनले निर्वाचन कार्यालयमा दैनिक २०० कोे हाराहारीमा नाम दर्ता भइरहेको बताए । बाँकेमा तीन लाख ३३ हजार ९३४ मतदाता छन् । सो मतदातामध्ये एक लाख ६९ हजार ८७६ पुरुष, एक लाख ६४ हजार ४९ महिला र नौ जना अन्य छन् ।

प्रकाशित मिति : २०८२ कात्तिक २० गते बिहीबार