हिजोआज हाम्रो जीवन मेशिन जस्तै भएको छ । बिहान उठ्ने बित्तिकै मोबाइल स्क्रिन र तनावपूर्ण दैनिक दिनचर्याले घेरिसक्छ । तर बिहानको ताजा हावामा हरियो घाँसमा केही मिनेट खाली खुट्टा हिँड्दा शरीरलाई ऊर्जा त मिल्छ नै मानसिक शान्ति पनि पाइन्छ । हरियो घाँसमा खाली खुट्टा हिँड्नु कुनै नयाँ कुरा होइन ।
यो पुरानो आयुर्वेदिक र प्राकृतिक उपचार प्रणालीको एक हिस्सा हो । यो अभ्यासले शरीरका धेरै भागहरूलाई सक्रिय बनाउँछ र रोग विरुद्धको लडाइँलाई बलियो बनाउँछ भनेर आधुनिक विज्ञानले पनि स्वीकार गर्दछ । आजको यस लेखमा हामी बिहान हरियो घाँसमा खाली खुट्टा हिँड्नुका फाइदाहरूबारे कुराकानी गर्नेछौँ ।
१. आँखाको दृष्टि बढाउँछ
हाम्रो खुट्टामा आँखाको स्नायुसँग जोडिएका दबाब बिन्दुहरू हुन्छन् । जब हामी घाँसमा हिँड्छौँ, यी बिन्दुहरूमा बिस्तारै थिचिन्छ, जसले गर्दा दृष्टिमा सुधार आउँछ ।
२. तनाव र चिन्ता कम गर्छ
हरियो घाँसमा हिँड्नु एक खालको ग्राउन्डिङ थेरापी हो । यसले शरीरलाई पृथ्वीसँग जोड्छ र विद्युत् चुम्बकीय सन्तुलन पुनस्र्थापित गर्छ । यसले मानसिक तनाव, चिन्ता र डिप्रेसनबाट राहत प्रदान गर्दछ ।
३. मुटुको स्वास्थ्यमा सुधार
बिहानको ताजा हावा र घाँसमा हिँड्दा रक्तसञ्चारमा सुधार आउँछ । यसले मुटुको धड्कनलाई नियमित बनाउँछ र हृदयाघातको जोखिम कम गर्छ ।
४. पाचन प्रणालीलाई बलियो हुन्छ
खाली खुट्टा हिँड्दा शरीरको स्नायु प्रणालीमा असर पर्छ, जसले पाचन प्रक्रियालाई गति दिन्छ । यसले कब्जियत र ग्यास जस्ता समस्याहरूबाट राहत दिन्छ ।
५. निद्राको गुणस्तरमा सुधार
बिहान नियमित रूपमा घाँसमा हिँड्ने मानिसहरू राति राम्रो निद्रामा पर्छन् । यसले शरीरलाई आराम दिन्छ र निद्राको हर्माेनलाई सक्रिय बनाउँछ ।
६. हड्डीलाई बलियो बनाउँछ
खाली खुट्टा हिँड्दा खुट्टाको मांसपेशी र हड्डीहरू सक्रिय हुन्छन् । यसले ओस्टियोपोरोसिस लगायत हड्डीसँग सम्बन्धित रोगहरूलाई रोक्न मद्दत गर्छ ।
७. प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ
प्राकृतिक सतहसँगको सम्पर्कले शरीरको प्रतिरक्षा प्रणालीलाई बढाउँछ । यसले शरीरलाई ब्याक्टेरिया र भाइरसहरूसँग लड्न सक्षम बनाउँछ ।
के भन्छन् वैज्ञानिकहरू ?
आधुनिक अनुसन्धान अनुसार खाली खुट्टा हिँड्दा शरीरको इलेक्ट्रोनिक चार्ज सन्तुलित हुन्छ । यसलाई अर्थिङ वा ग्राउन्डिङ भनिन्छ । जब हामी पृथ्वीसँग प्रत्यक्ष सम्पर्कमा आउँछौँ, शरीरमा फ्री रेडिकलहरू कम हुन्छन्, जसले सुन्निएको र दुखाइबाट राहत दिन्छ । यो बानीले शरीरको स्नायु प्रणालीलाई सक्रिय बनाउँछ, मस्तिष्कको कार्य बढाउँछ । यसले हार्माेनल सन्तुलनलाई पनि सुधार गर्छ ।
हरियो घाँसमा खाली खुट्टा हिँड्नु यी रोगका लागि हुन्छ फाइदाजनक
- आँखाको कमजोरी
- तनाव र डिप्रेसन
- उच्च रक्तचाप
- कब्जियत र अपच
- निद्राको कमी
- हड्डी कमजोरी
- प्रतिरक्षाको कमी
- मधुमेह (ब्लड सर्कुलेशन सुधार्न मद्दत गर्दछ)
नोक्सान
- एलर्जी हुने वा संवेदनशील छाला भएका व्यक्तिहरूले सावधानी अपनाउनुपर्छ ।
- वर्षा वा हिलोमा हिँड्दा सङ्क्रमणको जोखिम बढ्न सक्छ ।
- कीरा वा काँडा भएको ठाउँमा खाली खुट्टा हिँड्नु असुरक्षित हुन्छ ।
- मधुमेहका बिरामीहरूलाई खुट्टामा चोटपटक लाग्ने जोखिम हुन्छ । यी व्यक्तिले डाक्टरसँग परामर्श गर्नुपर्छ ।
सत्यपाटी