दशैंका कारण बजार परिसूचक प्रभावित बनेको छ । कारोबार हुने साताको अन्तिम दिन बिहीबार नेप्से २.३५ अंकले घटेर २६५२ विन्दुमा पुगेको हो । सेन्सेटिभ इण्डेक्स ०.१० अंक, फ्लोट इण्डेक्स ०.२० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०४ अंकले घटेपछि समग्र बजार प्रभावित बन्यो । नेप्सेमा बिहीबार ३ अर्ब २६ करोड बराबरको कारोबार भएको छ ।
बजारमा ३२७ स्टकको ३७ हजार ५६२ पटकको कारोबारमा ३ अर्ब २६ करोड ४ लाख ४० हजार रुपैयाँबराबरको ७९ लाख ५३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । बुधबार ४ अर्बबढीको कारोबार भएको थियो । दशैं बिदा सुरु हुनुअघि आइतबार एकदिनमात्र कारोबार हुने भएकाले लगानीकर्ताहरु बिहीबार बजारमा नदेखिएका हुन् ।
हिमस्टार उर्जा कम्पनीको शेयर बिहीबार सकारात्मक सर्किट लेभलमा ६३ रुपैयाँ ६९३ रुपैयाँमा अन्तिम कारोबार भएको छ । कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको नेपाल पुनर्बीमा कम्पनीको ३० करोड ९० लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यूनियन हाइड्रोपावरको करिब साढे १८ करोड र हिमालयन रि इन्स्योरेन्सको ११ करोड रुपैयाँ बढीको कारोबार भएको छ । १३ उपसमूहमध्ये आज ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ ।
सत्यपाटी