नेपाल एयरलाइन्सले हिमाली जिल्ला हुम्लाको सिमकोट विमानस्थलमा उडान भरेको छ । यसअघि मौसमका कारण लामो समय उडान भर्न नसकेको नेपाल एयरलाइन्सले सोमबार बिहानै उडान सुचारु भएको नेपाल एयरलाइन्स हुम्लाका प्रमुख छिरिङ लामाले बताए ।
यसअघि खराब मौसमकै कारण उडान भर्न नसकेको बताउदै उनले अब उडान नियमित हुने बताए । बिहान नेपालगन्जबाट १३ जना यात्रु सिमकोट आएका छन् भने सिमकोटबाट सुर्खेत पनि उडान भरेका छन् । सुर्खेतबाट पुनः सिमकोट विमानस्थलमा जहाजले उडान भरेपछि नेपालगन्ज जानेछ ।
अब मौसमले साथ दिए दसैँमा यात्रुहरुलाई समस्या नहुने उनले बताए । नेपाल एयरलाइन्सले सिमकोट विमानस्थलका लाागि हप्तामा तीन उडान भर्ने कार्यतालिका रहेको छ । नीजि एयरलाइन्सका जहाजहरु पर्यटकीय सिजन सुरु भएको भन्दै काठमाडौँ फर्कन सुरु भए पनि नेपााल एयरलाइन्सले उडान सुरु गरेको हो ।
प्रकाशित मिति : २०८२ असोज ६ गते सोमबार
सत्यपाटी