२०८३ वैशाख १९ , शनिबार 2, May 2026, Saturday

कृषि, पशुपन्छी र जडिबुटी बीमामा कसरी दावी गर्न सकिन्छ ?

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ असोज ३ गते शुक्रबार

धेरै किसान र पशुपालकहरूले बीमा गरे पनि दाबी प्रक्रियामा आवश्यक कागजातबारे थाहा नपाउँदा क्षतिपूर्ति पाउन नसकेको पाइन्छ । बीमा नियम अनुसार, बीमालेखमा उल्लेख भएको समयसीमा भित्र वा सकेसम्म छिट्टै बीमा कम्पनीलाई हानी–नोक्सानीबारे जानकारी दिनुपर्छ ।

दावी गर्न आवश्यक कागजातहरू

१. दाबी फारम – सम्पूर्ण विवरणसहित भर्नुपर्ने ।
२. बीमालेखको प्रति – पूर्ण क्षतिको हकमा सक्कल बीमालेख, आंशिक क्षतिको हकमा छायाप्रति
३. छिमेकीको मुचुल्का – कम्तीमा पाँच जनाको हस्ताक्षरसहित ।
४. वडा कार्यालयको सिफारिस
५. बीमालेखमा उल्लेख भएअनुसारको अद्यावधिक अभिलेख

बीमाका प्रकार

१. कृषि बीमा – धान, मकै, गहुँ, मुसुरो, तोरी, सूर्यमुखी, तरकारी, च्याउ, फलफूल, फूल, मसला, घाँसे बाली जस्ता बालीमा हुने हानी–नोक्सानीको बीमा ।
२. पशुपन्छी बीमा – गाई, भैंसी, भेडा, बाख्रा, कुखुरा, हाँस, सुँगुर, माछा लगायत पशुपन्छीको बीमा ।
३. जडिबुटी बीमा – टिमुर, हर्रो–बर्रो, लौठसल्ला, पाँचऔँले, जटामसी, चिराइतो, मेन्था, पुदिना, घ्युकुमारी आदि जडीबुटीमा हुने हानीको बीमा ।

दाबी गर्न आवश्यक कागजातहरू

१. दाबी फारम – सम्पूर्ण विवरणसहित भर्नुपर्ने ।
२. बीमा लेखको प्रति – पूर्ण क्षतिको हकमा सक्कल बीमालेख, आंशिक क्षतिको हकमा छायाप्रति
३. छिमेकीको मुचुल्का – कम्तीमा पाँच जनाको हस्ताक्षरसहित ।
४. वडा कार्यालयको सिफारिस
५. बीमालेखमा उल्लेख भएअनुसारका अद्यावधिक अभिलेख

कुन-कुन जोखिममा बीमा लागू हुन्छ ?

  • आगलागी र चट्याङ
  • भूकम्प
  • बाढी, डुबान, पहिरो
  • आँधीबेहरी, हिउँ, असिना, तुसारो
  • रोग र किरा

आकस्मिक वा दुर्घटनाजन्य कारण

यसरी आवश्यक कागजात समयमै बुझाएर प्रक्रिया पुरा गरेमा बीमित किसान वा पशुपालकले बीमाबाट सहजै क्षतिपूर्ति पाउन सक्छन् ।

प्रकाशित मिति : २०८२ असोज ३ गते शुक्रबार