अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले नागरिकता प्रक्रिया कडा बनाउँदै सन् २०२० को पुरानो नागरिकशास्त्र परीक्षा पुनः लागू गर्ने निर्णय गरेको छ ।
अमेरिकी नागरिकता र अध्यागमन सेवाले जारी गरेको नयाँ नियम अनुसार २०२५ देखि नागरिकता परीक्षा अनिवार्य हुनेछ । परीक्षा अमेरिकी इतिहास र सरकार सम्बन्धी ज्ञान मूल्यांकनका लागि डिजाइन गरिएको छ ।
नयाँ व्यवस्था अन्तर्गत आवेदकहरूले १२८ प्रश्नको तयारी गर्नुपर्नेछ र परीक्षा दिने क्रममा २० मध्ये १२ प्रश्नको सही उत्तर दिनुपर्नेछ । परीक्षा मौखिक रूपमा हुनेछ र बहुवैकल्पिक हुनेछैन । असफल भएमा पुनः मौका दिइनेछ ।
तर, दोस्रो पटक पनि फेल भए नागरिकता आवेदन रद्द हुनेछ । ६५ वर्ष वा सोभन्दा माथि उमेरका तथा २० वर्षदेखि स्थायी बसोबास गर्नेहरूले २० प्रश्नको परीक्षा मनपर्ने भाषामा दिन सक्नेछन् ।
नयाँ प्रश्नहरूमा १०औँ संविधान संशोधन, संघीय दस्तावेज, पूर्वराष्ट्रपति ड्वाइट आइजनहावर, संस्थापक पिता ह्यामिल्टन र मेडिसन, अमेरिकी नवप्रवर्तनका उदाहरणहरू समावेश छन् । ट्रम्प प्रशासनले यस कदममार्फत कानुनी अध्यागमनलाई कडा बनाउन खोजेको छ । जबकि पूर्व राष्ट्रपति बाइडेन सरकारले यसलाई अतिरिक्त अवरोध भएको भन्दै खारेज गरेको थियो ।
सत्यपाटी