२०८३ असार १४ , आइतबार 29, June 2026, Monday

अमेरिकी डलर घट्यो, अस्ट्रेलियन डलर, युरो र पाउन्डको बढ्यो

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ भदौ ३१ गते मंगलबार

नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर, कुबेती र बहराइन दिनारसहितका विदेशी मुद्राको विनिमयदर घटेको छ । तर, अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका मुद्राको मूल्य भने बढेको छ । यी मुद्राको मूल्य हिजो पनि बढेको थियो ।

आज अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ ८४ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४४ पैसा छ । हिजो अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ ९५ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५५ पैसा थियो । यही भदौ २७ गते अमेरिकी डलर १ को खरिददर १४१ रुपैयाँ २२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ८२ पैसा थियो । अमेरिकी डलरको यो मूल्य हालसम्मकै सर्वाधिक महँगो हो ।

त्यसैगरि आज युरो एकको खरिददर १६५ रुपैयाँ ६१ पैसा र बिक्रीदर १६६ रुपैयाँ ३१ पैसा छ । हिजो युरो एकको खरिददर १६५ रुपैयाँ ३९ पैसा र बिक्रीदर १६६ रुपैयाँ ०९ पैसा थियो । त्यस्तै आज पाउन्ड एकको खरिददर १९१ रुपैयाँ ७५ पैसा र बिक्रीदर १९२ रुपैयाँ ५७ पैसा छ । हिजो पाउन्ड एकको खरिददर १९१ रुपैयाँ १० पैसा र बिक्रीदर १९१ रुपैयाँ ९१ पैसा थियो ।

त्यसैगरि आज अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ७९ पैसा र बिक्रीदर ९४ रुपैयाँ १८ पैसा छ । हिजो अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ७३ पैसा र बिक्रीदर ९४ रुपैयाँ १३ पैसा थियो । त्यसैगरि कुबेती दिनार एकको खरिददर ४६१ रुपैयाँ ३९ र बिक्रीदर ४६३ रुपैयाँ ३६ पैसा छ । हिजो कुबेती दिनार एकको खरिददर ४६२ रुपैयाँ २८ र बिक्रीदर ४६४ रुपैयाँ २५ पैसा थियो ।

आज बहराइन दिनार एकको खरिददर ३७३ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३७५ रुपैयाँ १५ पैसा छ । हिजो बहराइन दिनार एकको खरिददर ३७३ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ४४ पैसा थियो । यो विनिमयदर आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस् राष्ट्र बैंकले निर्धारण गरेका सबै मुद्राको विनिमय दर

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 140.84 141.44
eur (European Euro)
1 165.61 166.31
gbp (UK Pound Sterling)
1 191.75 192.57
chf (Swiss Franc)
1 177.20 177.96
aud (Australian Dollar)
1 93.79 94.18
cad (Canadian Dollar)
1 101.89 102.33
sgd (Singapore Dollar)
1 109.92 110.39
jpy (Japanese Yen)
10 9.55 9.59
cny (Chinese Yuan)
1 19.78 19.86
sar (Saudi Arabian Riyal)
1 37.55 37.71
qar (Qatari Riyal)
1 38.64 38.80
thb (Thai Baht)
1 4.42 4.44
aed (UAE Dirham)
1 38.34 38.51
myr (Malaysian Ringgit)
1 33.49 33.64
krw (South Korean Won)
100 10.14 10.18
sek (Swedish Kroner)
1 15.19 15.25
dkk (Danish Kroner)
1 22.18 22.28
hkd (Hong Kong Dollar)
1 18.11 18.18
kwd (Kuwaity Dinar)
1 461.39 463.36
bhd (Bahrain Dinar)
1 373.56 375.15
omr (Omani Rial)
1 365.80 367.36
प्रकाशित मिति : २०८२ भदौ ३१ गते मंगलबार