नेपाल राष्ट्र बैंकले सुकिला नोट बाँड्न थालेको छ । नेपाल राष्ट्र बैंकले थापाथलीस्थित आफ्नो कार्यालयबाट सोमबारदेखि सुकिला नोट वितरण सुरु गरेको हो । बैंकका अनुसार जनही एक सेट सटही गर्न पाइने छन् ।
देशको हालको स्थितिले गर्दा सुकिला नोट वितरणमा अहिले अलि न्यून सहभागिता देखिन्छ । दशैंमा माग हुने साना दरका नोट सटहीका लागि राष्ट्र बैङ्कको थापाथलीस्थित मुद्रा व्यवस्थापन विभाग प्रदेशस्थित कार्यालयहरू विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीबाट सुकिला नोट सटही गर्न सकिने राष्ट्र बैङ्कले जनाएको छ ।
प्रकाशित मिति : २०८२ भदौ ३० गते सोमबार
सत्यपाटी