नवनियुक्त भौतिक, पूर्वधार तथा यातायातमन्त्री कुलमान घिसिङले क्षतिग्रस्त संरचनाको पुननिर्माणका लागि कोष खडा गरिने जानकारी दिएका छन् । आइतबार पदभार ग्रहण गर्दै उनले जेनजीको आन्दोलनबाट क्षति भएका संरचनाको पुननिर्माणका लागि कोष बनाएर अघि बढनुपर्ने बताएका हुन् ।
उनले अर्थ मन्त्रालयको सहयोगमा कोषको स्थापना गर्ने बताएका हुन् । उक्त कोषमा सबैले आर्थिक सहयोग गर्न सकिन्छ । देश तथा विदेशमा रहेका नेपालीले सो कोषमा आर्थिक सहयोग गर्न सक्ने उनको भनाई छ । यस्तै उनले आफ्नो भलब तथा भत्ता पनि सोही कोषमा जम्मा गर्ने घोषणा गरेका छन् । आफुले सुरक्षा बाहेकका कुनै पनि सेवा तथा सुविधा नलिने उनको भनाई छ ।
कार्की नेतृत्वको अन्तरिम सरकारका लागि आज सोमबार तीन जना मन्त्रीहरु नियुक्त भएका छन् । गृह र कानून मन्त्रालयको जिम्बेवारी ओमप्रकाश अर्यालले पाएका छन् भने पूर्व अर्थसचिव रामेश्वर खनालले अर्थ मन्त्रालय सम्हाल्ने छन् । कुलमान घिसिङको भागमा तीन मन्त्रालय परेको छ । उनले उर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालय सम्हाल्ने छन् ।
