२०८३ असार १४ , आइतबार 29, June 2026, Monday

आज सुन र चाँदी दुवैको मूल्य बढ्यो, प्रतितोला कति पुग्यो ?

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ भदौ २७ गते शुक्रबार

आज नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ । शुक्रबार सुन प्रतितोला एक हजार छ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज सुन प्रतितोला २ लाख १५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको भने अघिल्लो दिन (बिहीबार) सुन प्रतितोला दुई लाख १४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, शुक्रबार चाँदी प्रतितोला ६० रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला दुई हजार ५०५ पाँच रुपैयाँमा कारोबार भएको चाँदी आज तोलाको दुई हजार ५ ६५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति : २०८२ भदौ २७ गते शुक्रबार