२०८३ वैशाख १७ , बिहीबार 1, May 2026, Friday

आलु र गोलभेडाको सम्बन्धबारे वैज्ञानिकले पत्ता लगाए रोचक रहस्य

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ भदौ २७ गते शुक्रबार

लगभग करोड वर्ष पहिले, दक्षिण अमेरिकाको एन्डिज पहाडहरू बढिरहेका थिए । त्यतिबेला मानिस अस्तित्वमा थिएनन्, तर दुई प्रकारका बोटबिरुवाहरू सँगै हुर्किरहेका थिए । लण्डनको प्राकृतिक इतिहास संग्रहालयका डा.वनस्पतिशास्त्री सान्ड्रा न्यापका अनुसार, तीनमा एउटा सोलानम लाइकोपर्सिकम (टमाटर) र अर्को सोलानम एट्युबेरोसम थियो ।

तीनवटा विद्यमान प्रजाति अझै पनि चिली र जुआन फर्नान्डेज टापुमा पाइन्छ । ‘ती दुई बोटबिरुवाबीच सम्बन्ध थियो र आपसमा ब्रिडिङ भए भन्न सकिन्छ,’ डा. न्याप भन्छिन् यसले जीनमा यस्तो परिवर्तन ल्यायो, जसले केही पूर्णरूपमा नयाँ बने ।’ विज्ञहरू यसलाई ‘इन्टरस्पेसिफिक हाइब्रिडाइजेसन’ भन्छन् र यस्तो प्रायः हुन्छ ।

यो एक सफल (हाइब्रिडाइजेसन (संकरीकरण) हो, जसलाई प्राचीन कालदेखि नै महत्त्वपूर्ण मानिएको छ, तर यसमा प्रजनन गर्ने क्षमता हुँदैन । डा.न्यापका अनुसार, बिरुवाहरूको संसारमा पनि हाइब्रिडाइजेसन हुन्छ र यसै बाट हामीले प्रायः बगैँचामा प्रायजसो नयाँ बिरुवा भेट्टाउँछौँ । हाइब्रिडाइजेसन प्राकृतिकरूपमा वा मानवीय हस्तक्षेपमार्फत अर्थात् मान्छेले गराइदिएर हुन सक्छ । यसले दुवै अभिभावक बिरुवाहरूको मिश्रण भएका बिरुवा उत्पादन गर्छ ।

‘कहिलेकाहीँ त्यस्ता बिरुवाहरूमा प्रजनन क्षमता हुँदैन त्यसैले नयाँ प्रजातिहरू उत्पादन गर्न सकिँदैन’ डा. न्याप भन्छिन्, तर परिस्थितिअनुसार, हाइब्रिडाइजेसनको परिणाम अपेक्षा गरिएको भन्दा बढी हुन पनि सक्छ, आलुको सन्दर्भमा पनि यस्तै भएको थियो ।’ लाखौँ वर्ष पहिले, सोलानेसी परिवारका दुई प्रजातिहरूको संयोग बाट नै आलुको विकास भएको थियो । हरेक दिन जसो भान्सामा प्रयोग गरिने आलु हाम्रा लागि धेरै महत्वपूर्ण छ ।

‘आलुको यति प्राचीन र असाधारण उत्पत्ति छ, जुन असाध्यै रोचक छ,’ डा.न्याप भन्छिन् । ‘गोलभेडा अर्थात् टमाटर आलुको आमा हो र एट्युबरोसम आलुको बाबु हो’, चिनिया कृषि विज्ञान प्रतिष्ठानका प्रोफेसर सानवेन हुआङ भन्छन् । हुआङले आलुको उत्पतिबारेमा अन्तर्राष्ट्रिय अध्ययनको नेतृत्व गरेका छन्, जुसको निष्कर्ष जुलाईमा सेल जर्नलमा प्रकाशित भएको थियो । कडा र स्टार्चयुक्त आलु रातो र रसिलो गोलभेडा जस्तो देखिँदैन ।

तर यस अनुसन्धानमा संलग्न डा.न्याप भन्छिन्, ‘यी दुई धेरै समान छन् ।’ वैज्ञानिकहरूका अनुसार, आलु र गोलभेडाको पात र फूल धेरै समान हुन्छन् । आलुको बोटको फल सानो हरियो गोलभेडा जस्तो देखिन्छ । ‘आलु, गोलभेडा र ट्युबरोसम आपसमा सम्बन्धित छन् भन्ने कुरा हामीलाई धेरै अघिदेखि थाहा थियो,’ डा.न्यापले भनिन्, ‘तर तिनीहरूमध्ये कुन आलुको सबैभन्दा नजिक थियो भन्ने थाहा थिएन, किनकी फरक जीनले हामीलाई फरक कथा बताउँदै आएको थियो ।’

वैज्ञानिकहरूले लोकप्रिय आलुको उत्पतिको रहस्य समाधान गर्न दशकौँदेखि प्रयास गरे, तर उनीहरूले आलुको ‘आनुवंशिकी (जेनेटिक्स)’ अद्वितीय, अचम्मको भएकाले सकिरहेका थिएनन् । मान्छेसँगै धेरैजसो प्रजातिहरूको प्रत्येक कोषमा क्रोमोजोम अर्थात गुण सूत्रहरूको दुई प्रति (कपी) हुन्छ, तर आलुमा चार प्रति हुन्छ । यही विरोधाभास समाधान गर्न, अनुसन्धान टोलीले आलु, गोलभेडा र एट्युबरोसम सहित दर्जनौं प्रजातिहरूको १२० भन्दा बढी जीनोम (कोशिकामा रहेका सबै जीन या जेनेटिक सामग्रीको सेट) को विश्लेषण गर्यो ।

आलुको जिन जीनोमको सिक्वेन्स गरियो र टमाटर–एट्युबेरोसमसँग व्यापक समानता देखियो । डा.न्याप भन्छिन् ‘आलु दुवै सँग सम्बन्धित छ ।’ यसरी, अनुसन्धानकर्ताहरूले आलु र गोलभेडा बीचको सम्बन्ध पत्ता लगाए, जुन लाखौँ वर्ष पहिले दक्षिण अमेरिकी पहाडहरूको फेदमा बनेका थिए । डा.न्यापका अनुसार, जमिनमाथि उम्रने आलुका बिरुवाको आफ्ना अभिभावकसँग सम्बन्ध भएपनि, यसमा अर्को एउटा कुरा थियो, जुन उसका अभिभावक दुवै सँग थिएन । त्यो हो, जमिनमाथि फल्ने आलुमा ‘ट्युबर’ अर्थात् कन्द थियो ।

एउटा जेनेटिक चिट्ठा

ट्युब भएको यो आलुको बिरुवा वैज्ञानिकहरूको नजरमा जेनेटिक लटरी (आनुवंशिक चिट्ठा) को नतिजा थियो । आलुका दुवै अभिभावक बिरुवाहरूमा ट्युबको निर्माणका लागि एउटा जीन महत्त्वपूर्ण थियो । तर तीमध्ये कुनै पनि कन्द निर्माणका लागि पर्याप्त थिएन । जब तिनीहरू एकसाथ भए, एउटा यस्तो प्रक्रिया सुरु भयो जसले भूमिगत डाँठहरूलाई मीठो आलुमा परिणत गर्यो । डा.न्यापसँग काम गर्ने चिनियाँ टोलीले यो प्रक्रियाको गहिराइमा अध्ययन गरेको थियो ।

हाइब्रिडाइजेसनले आलुलाई जन्म दियो, जुन अद्भुत साबित भयो । यसको अस्तित्वले बिरुवालाई बिउ बिना नै प्रजनन एवं पुनरुत्पादन गर्न सक्षम बनायो । आलु भिन्न–भिन्न उचाइ र अवस्थामा बढ्छ र फल्छ । ‘आज पनि, अमेरिकी महाद्वीपमा यसको १०० भन्दा धेरै जंगली प्रजाति पाइन्छ, जुन दक्षिण–पश्चिम अमेरिकादेखि चिली र ब्राजिलसम्म फैलिएको छ,’ डा.न्याप भन्छिन् । यद्यपि बिउविना नै बढ्ने क्षमता आलुको लागि हानिकारक पनि भएको छ ।

‘किसानहरूले आलुका साना टुक्राहरू रोपेर उब्जाउँछन् । चिनिया टोलीले बिउबाट उब्जाउन सकिने र आनुवंशिक परिमार्जन सम्भव हुने आलु बनाउन चाहेको डा. न्यापले बताइन् । जंगली प्रजातिहरूबाट जीन ल्याएर यस्तो नयाँ प्रकारको आलु तयार गर्न सकिन्छ, जसले राम्रोसँग वातावरणीय चुनौतीको सामना गर्न सक्छ भन्ने चिनिया वैज्ञानिकहरूको टोलीलाई लागेको छ । ‘यो अध्ययनमा संलग्न अन्य जीव वैज्ञानिकहरूसँगै म पनि आलुको सबैभन्दा नजिक कुन बिरुवा छ र ती यति भिन्न किन छन् भन्ने जान्न चाहन्थेँ,’ डा. न्याप भन्छिन्, ‘त्यसैले हामीले यो अनुसन्धानमा धेरै फरक दृष्टिकोण अपनाउँदै नयाँ प्रश्नहरू सिर्जना गर्यौँ, जसले हामीलाई ‘टमाटर आलुको आमा हो’ भनेर उत्तर दिलायो ।’

स्रोत : एजेन्सी
प्रकाशित मिति : २०८२ भदौ २७ गते शुक्रबार