२०८३ भदौ ९ , मंगलबार 26, August 2026, Wednesday

काठमाडौंमा अझैं सुरक्षा थ्रेट, बाहिरबाट बोलाइयो सेना

काभ्रेपलाञ्चोकको पाँचखाल तालिम केन्द्रबाट नेपाली सेनाको थप टोली काठमाडौं पठाइएको छ । पाँचखालस्थित वीरेन्द्र शान्ति तालिम केन्द्रबाट बिहीबार दिउँसो करिब आधा दर्जन गाडीमा नेपाली सेनाको थप फौज काठमाडौं पठाइएको हो ।

सुरक्षाको दृष्टिकोणलाई मध्यनजर गर्दै थप शक्ति परिचालनका लागि पाँचखाल तालिम केन्द्रबाट सेनाको टोली काठमाडौं पठाइएको हो । काठमाडौंमा गत सोमबार र मंगलबार भएको ध्वंसात्मक प्रदर्शनपछि सेनाले राजधानीमा सुरक्षा नेतृत्व लिएको थियो ।

सेनाले सुरक्षा नेतृत्व हातमा लिए पनि राजधानी लगायत देशभर निषेधाज्ञा चलिरहेको छ । देशभर निषेधाज्ञा जारी रहेका बेला थप सुरक्षा व्यवस्थाका लागि सेनाको टोली परिचालन गरिएको हो । सुरक्षालाई थप प्रभावकारी बनाउन सेनाको अतिरिक्त फौज राजधानी पठाइएको सुरक्षा स्रोतले जनाएको छ ।

प्रकाशित मिति : २०८२ भदौ २६ गते बिहीबार