२०८३ भदौ १० , बुधबार 26, August 2026, Wednesday

सिंहदरबारमा सुरक्षाकर्मीको बन्दुक खोसियो, कालिमाटीमा गोली लागेर दुई जनाको मृत्यु

उग्र प्रदर्शनमा उत्रिएका जेनजीहरूले सिंहदरबार गेटमा सुरक्षाकर्मीले बोकेका हतियार खोसेर आफैं पड्काएका छन् । सिंहदरबार वरपर प्रदर्शन गरिरहेका उनीहरूले गेटमा सुरक्षाकर्मीको बन्दुक खोसेर पड्काएका हुन् ।

सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, विशेष अदालत, जिल्ला अदालत, पार्टीका शीर्ष नेताको घर, कार्यालय लगायतमा प्रदर्शनकारीहरूले लगातार आगो लगाइरहेका छन् । संसद् भवन परिसरमा पनि जेनजी युवाहरूले बन्दुक खोसेका थिए ।

अहिले पनि उनीहरूले आगजनी गर्न छाडेका छैनन् । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिइसकेका छन् । यता काठमाडौंको कालिमाटी चोकमा प्रहरीको गोली लागेर दुई प्रदर्शनकारीको मृत्यु भएको छ ।

जेनजी युवाहरूको जारी प्रदर्शनमा प्रहरीले गोली चलाएको हो । कालिमाटी चोकमा मंगलबार दिउँसो २ बजे भएको प्रदर्शनकारी र प्रहरीबीचको झडपमा दुई युवालाई टाउकोमा गोली लागेको एक प्रत्यक्षदर्शीले बताए ।

प्रकाशित मिति : २०८२ भदौ २४ गते मंगलबार