२०८३ असार १३ , शनिबार 27, June 2026, Saturday

प्रधानमन्त्री निवास बालुवाटारमा छिरे जेनजीहरु

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ भदौ २४ गते मंगलबार

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जेनजी प्रदर्शनकारीहरु छिरेका छन् । राज्यका अंगहरुमा एकपछि अर्को नियन्त्रण कायम गरिरहेका प्रदर्शनकारी मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा प्रवेश गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले केहीअघिमात्रै पदबाट राजीनामा दिएका थिए ।

आन्दोलनबाट पदच्यूत प्रधानमन्त्री केपी शर्मा ओलीलाई भने नेपाली सेनाले हेलिकोप्टरबाट सुरक्षित स्थानमा सारिसकेको छ । यससँगै जेन-जी प्रदर्शनकारीहरूले राज्यका व्यवस्थापिका, कार्यापालिका र न्यायपालिका कार्यालय नै कब्जा गरेका छन्‌ । संसद्‌ भवन नयाँवानेश्वरमा प्रर्दशनकारीहरूले आगो लगाइदिएका छन्‌ भने सर्वोच्च अदालतमा पनि तोडफोड गरेका छन्‌ ।

प्रकाशित मिति : २०८२ भदौ २४ गते मंगलबार